लमही–सुन्डवरी सडकको दायाँबायाँ ग्रावेल गर्ने कार्य एक सातामा सकिने निर्माण कम्पनीको दाबी



लमही–सुन्डवरी सडकको दायाँबायाँ ग्रावेल गर्ने कार्य एक सातामा सकिने निर्माण कम्पनीको दाबी

लमही ८ वैशाख । देउखुरीको पुर्व पश्चिम राजमार्ग अन्तरगत लमही–सुन्डवरी सडकको दायाँबायाँ खालीरहेको भागमा ग्राभेल गर्ने कार्य अबको १ हप्ता भित्र सकिने निर्माण कम्पनीले जनाएको छ । अहिले उक्त स्थानमा सिचाई गरेर ग्रावेल गर्नेे कार्य सुरु भएको छ ।

सडक डिभिजन कार्यालय दाङको झन्डै ६५ लाखको लगानी सो कार्य गरिन थालिएको हो । । असार मसान्त अघि स्तर उन्नती गरेर काम सकिने भएको बताइएको छ । उक्त स्थानमा अहिले १ वटा डोजर र २ वटा पानी सिचाई गर्ने ट्याङ्कर प्रयोग गरिएको छ ।

यस्तै उक्त सडकमा पर्ने सुनखोली र सुन्डवरीमा नाली निर्माणकार्य पनि गरिएको बताइएको छ । जसको निर्माणकार्यको जिम्मा जय श्री शिवराम बिल्डर्स लमही प्रालिले पाएको छ । उसले देउखुरीका अन्य १७ वटा विभिन्न योजनाको पनि निर्माण कार्य गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे