नेपालमा सङ्क्रमितको सङ्ख्या दोब्बरले बढ्दै, सकभर घरबाहिर ननिस्कन मन्त्रालयकाे आग्रह



नेपालमा सङ्क्रमितको सङ्ख्या दोब्बरले बढ्दै, सकभर घरबाहिर ननिस्कन मन्त्रालयकाे आग्रह

काठमाण्डाै ८ वैशाख । नेपालमा कोरोना भाइरसकाे सङ्क्रमण दर अत्यधिक बढेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ ।

सरकारको स्रोत, साधन र संरचनाले थेग्न नसक्ने गरी कोरोना सङ्क्रमण दर बढ्न सक्ने आकलन गरिएकाले अत्यावश्यकबाहेकका काममा घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आग्रह गरे । उनले पछिल्ला दिनकाे तथ्याङ्क हेर्दा प्रत्येक चार दिनमा सङ्क्रमण दर दोब्बरले बढेको बताए ।

आज मात्रै दुई हजार तीन सय ५१ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । यही दरमा सङ्क्रमण बढ्दै गए सरकारको संरचनाले धान्न नसक्ने हुँदा आम नागरिकले स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्नुपर्ने डा. गौतमको भनाइ छ ।

मन्त्रालयले समुदायमा पनि सङ्क्रमण फैलिरहेको जनाएको छ । काठमाण्डौ लगायत देशका मुख्य सहरहरूमा बढी सङ्क्रमण दर बढेको पाइएको छ । यसैबीच मन्त्रालयले स्वास्थ्य सेवाकाे गुणस्तर कायम गर्न प्रयाेगशाला, प्रयाेगशालमा प्रयाेग हुने उपकरण र सामग्रीका साथै रेडियाे इमेजिंग सेन्टरमा प्रयाेग गरिने उपकरण गुणस्तरीय एवम् भरपर्दाे हुनुपर्ने जनाएकाे छ ।

मन्त्रालयले विज्ञप्ति नै निकालेर भनेकाे छ, प्रयाेगशाला र रेडियाे इमेजिंग सेन्टरमा प्रयाेग हुने उपकरण तथा रिएजेन्टहरू खरिद, प्रयाेग र उपयाेग गर्दा यूएए–एफडीए, ईयूसीई जस्ता अन्तर्राष्ट्रिय मान्यता प्राप्त गुणस्तर भएका सामग्री प्रचलनमा ल्याउन सबै सराेकारवालामा अनुराेध गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे