नेपालमा २४ घण्टामा २ हजार ३ सय ५१ जनामा काेराेना पुष्टि



नेपालमा २४ घण्टामा २ हजार ३ सय ५१ जनामा काेराेना पुष्टि

काठमाण्डाै ८ वैशाख । पछिल्लो २४ घण्टामा नेपालमा नौ हजार ६ सय ४७ जनाको परीक्षण गर्दा दुई हजार तीन सय ५१ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

आठ हजार आठ सय ४४ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार दुई सय २० जनामा र आठ सय तीन जनाको एन्टिजेन परीक्षण गर्दा एक सय ३१ जना गरी २३ सय ५१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । थपिएकासँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको कुल सङ्ख्या दुई लाख ८९ हजार नौ सय १८ पुगेको छ ।

२४ घण्टामा काठमाण्डौ उपत्यकामा मात्रै एक हजार ५१ जनामा सङ्क्रमण देखिएको छ । काठमाण्डौमा सात सय ८६, ललितपुरमा एक सय ८१ र भक्तपुरमा ८४ जनामा कोरोना पुष्टि भएको हो ।

नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या पनि १० हजार नाघेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजार पाँच सय ८२ जना पुगेको मन्त्रालयले जनाएको छ ।  पछिल्लाे २४ घण्टामा १० जनाकाे ज्यान गएसँगै नेपालमा काेराेना सङ्क्रमणका कारण ज्यान गुमाउनेकाे सङ्ख्या तीन हजार एक सय १२ पुगेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे