दाङमा जुवाकाे खालबाट पाँच जुवाडे पक्राउ



दाङमा जुवाकाे खालबाट पाँच जुवाडे पक्राउ

दाङ ६ वैशाख । दाङमा जुवाकाे खालबाट पाँच जुवाडे पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका वडा नं. १५ बालमन्दिर टोल स्थित झुपल केसीको घरमा जुवा खेलिरहेको अबस्थामा १ लाख ८० हजार नगद सहित उनीहरुलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द प्रसाद रिजालका अनुसार घोराही उपमहानगरपालिका वडा नं. १५ निवासी २७ बर्षीय खगेन्द्र सापकोटा, सोही ठाउँका ४३ बर्षीय झुपल केसी, घोराही १४ निवासी ४३ बर्षीय बालाराम खड्का, सोही ठाउँका २४ बर्षीय मरिजमान खड्का, सोही ठाउँका ३५ बर्षीय चन्द्र बुढालाई पक्राउ गरिएको हो ।

उनीहरुलाई आईतबार साँझ सवा ७ बजेतिर पक्राउ गरिएको हो । उनीहरुको साथबाट एक हजारका एकसथ ५० थान, पाँच सयका ६० थान बरामद गरिएको हो । साथै बिभिन्न रकमहरु उल्लेख भएका बिभिन्न बैङ्कहरुका ७ वटा चेकहरु समेत बरामद गरिएको थियो । उनीहरुलाई जुवा कसूरमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे