पत्रकार महासंघको अध्यक्षमा विपुल पोख्रेलकाे जित सुनिश्चित



पत्रकार महासंघको अध्यक्षमा विपुल पोख्रेलकाे जित सुनिश्चित

काठमाडौं २८ चैत्र । नेपाल पत्रकार महासंघको अध्यक्ष विपुल पोख्रेलको जित सुनिश्चित भएको छ । शनिबार मत गणना सकिए पनि नुवाकोटसहित ५ जिल्लाको मत आउन बाँकी भएकाले निर्वाचन समितिले औपचारिक घोषणा गरेको छैन ।

तर पोख्रेलले २ हजार १ सयभन्दा बढीको अग्रता लिएकाले उनको प्यानलले विजय जुलुस मनाउन थालेका छन् । निर्वाचन समितिका अनुसार अधिकांश उनकै प्यानलका उम्मेदवार विजयी भएका छन् । र साँझ ५ बजे औपचारिक घोषणा हुनेछ ।

नेपाली कांग्रेस निकट प्रेस युनियन नेपाल, नेकपा माओवादी केन्द्र निकट प्रेस संगठन नेपाल र नेकपा एमालेको माधव नेपाल समूह निकट प्रेस चौतारी सहित ११ संगठनको गठबन्धनको तर्फबाट पोख्रेलले अध्यक्षमा उम्मेदवारी दिएका थिए ।

एमालेको ओली समूह निकट प्रेस चौतारीले जनता समाजवादी पार्टीसम्वद्ध प्रेस मञ्च, विप्लव समर्थित जनपत्रकार संघ सहित ९ वटा संघ सँग मिलेर निर्मला शर्मालाई अध्यक्षको उम्मेदवार बनाएको थियो । गजेन्द्र बुढाथोकीले पनि अध्यक्षमा उम्मेदवारी दिएका थिए । महासंघकै इतिहासमा पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत भएको निर्वाचनमा १३ हजारभन्दा बढी मतदाता थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे