पत्रकार महासंघ चुनावको मतगणना अन्तिम चरणमा, विपुल पोख्रेल नेतृत्वको प्यानलनै अगाडी



पत्रकार महासंघ चुनावको मतगणना अन्तिम चरणमा, विपुल पोख्रेल नेतृत्वको प्यानलनै अगाडी

काठमाडौँ २८ चैत्र । नेपाल पत्रकार महासंघको आगामी नेतृत्व चयनका भएको मतदानको मत परिणाम आउने क्रम जारी छ । निर्वाचन समितिका सदस्य रामहरि सिलवालका अनुसार अहिलेसम्म मुलुकका विभिन्न ६० जिल्लाको मत परिणाम आइसकेको छ । रुकुम पूर्व बाहेक ७६ जिल्लामा निर्वाचन भएको थियो । अझै १६ जिल्लाका मत परिणाम आउन बाँकी रहेको उनले जानकारी दिए ।

नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राममा अहिले काठमाडौँ जिल्लाको मत गणना भइरहेको छ । पछिल्लो मत परिणाम अनुसार, विपुल पोख्रेल नेतृत्वको प्यानल नै अगाडि आइरहेको छ ।

पोख्रेल नेतृत्वको प्यानल अर्का प्रतिष्पर्धी निर्मला शर्मा नेतृत्वको प्यानल भन्दा २ हजार बढि मतान्तरले अगाडि रहेको निर्वाचन समिति सदस्य सिलवालले जानकारी दिए । पछिल्लो मत परिणाम अनुसार पोख्रेल नेतृत्वको समूहले ५ हजार ३ सय मत र शर्मा नेतृत्वको समूहले ३ हजार मत ल्याएको सिलवालले जानकारी दिए ।

सिलवालले विद्युत आपूर्तिमा समस्या आएकाले जाजरकोट, हुम्ला लगायत केही जिल्लाको मतपरिणाम केन्द्रसम्म आईपुग्न कठिनाई भएको बताए । मुलुक संघीय संरचनामा गएपछि महासंघको नेतृत्व पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे