LISTEN LIVE RADIO

प्रस्तावित भालुवाङ अस्पातालमा पहिलाे पटक शल्यक्रिया मार्फत एक बच्चाको जन्म



भालुवाङ ३१ वैशाख । दाङको राप्ती गाउँपालिका वडा नम्बर एक भालुवाङ स्थित लालमटिया स्वास्थ्य चौकी(प्रस्ताबित ५० शैयाकाे भालुबाङ अस्पाताल) मा आईतवार पहिलो पटक सफल शल्यक्रिया मार्फत एक बच्चाको जन्म भएको छ।

अस्पतालका डाक्टर तिलक बाबू घिमिरेको नेतृत्वमा खटिएको चिकित्सकहरूकाे टाेलीले सफल शल्यक्रिया मार्फत बच्चाको जन्म भएको हाे।राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरिया निवासी २१ वर्षीय शरण कुमारी चौधरीकाे पहिलाे सन्तानको रुपमा बच्चा (छाेरा) जन्मिएको हाे। हाल आमा र बच्चाकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे स्वास्थ्य चौकीका प्रमुख कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे