LISTEN LIVE RADIO

राप्तीले व्यापारीहरुलाई करको दायरामा ल्याउँदै, पहिलो दिनमै ४६ हजार बढी राजश्व संकलन



राप्तीले व्यापारीहरुलाई करको दायरामा ल्याउँदै, पहिलो दिनमै ४६ हजार बढी राजश्व संकलन

भालुवाङ ३१ वैशाख । दाङको राप्ती गाउँपालिकाले व्यापारीहरुलाई करको दायरामा ल्याउन अनुगमन सुरु गरेको छ । गाउँपालिकाले आइतवार देखि पालिकाको सवै बजार क्षेत्रमा अनुगमन गर्न सुरु गरेको छ ।

विशेष गरि पसलहरु गाउँपालिकामा दर्ता भए नभएको, नवीकरण गरे नगरेको, मुल्य सुची राखे नराखेको, म्याद नाघेको छ वा छैन, होडिङ बोर्ड राखे नराखेको लगायतका विषयमा अनुगमन गर्न सुरु गरेको राप्ती गाउँपालिका आर्थिक विकास शाखाका प्रमुख जीवराज पौडेलले जानकारी दिएका छन् ।

पहिलो दिन राप्ती गाउँपालिका वडा नम्बर १ को माथिल्लो भालुवाङ अन्तरगत गौतमबुद्व टोल, आँपखोली टोल र पुरानो भालुवाङ बजार क्षेत्रमा अनुगमन गरिएको छ । कुल ३८ वटा पसलको अनुगमन गर्दा २ वटा किराना पसलबाट म्याद नाघेको तथा अखाद्य वस्तु बरामद गरेको छ । जसमा रितिका किराना पसलबाट नमकिन स्टिक १ पिस र कुरकुरे १ पिस बरामद गरेको छ । भने पुन मगर किराना पसलबाट इम्ली ४० पिस, सेन्चुरी चार्ट मसला १ पिस, करेन्ट किङ मसला २ पिस, सेन्चुरी गरम मसला १ पिस, वनबोटी मसला १८ पिस, दालमोट १६ पिस बरामद गरिएको शाखा प्रमुख पौडेलले जानकारी दिएका छन् । बरामद गरिएको सामान आइतवार नै गाउँपालिका परिसरमा नष्ट गरिएको छ ।

यस्तै अनुगमनका क्रममा नयाँ पसल दर्ता र नविकरणबाट पहिलो दिन ४६ हजार ५०० रूपैयाँ राजश्व संकलन गर्न सफल भएको राप्ती गाउँपालिका राजश्व इकाईकी कर्मचारी सुनिता बस्नेतले जानकारी दिएकी छिन् । अनुगमनमा राप्ती गाउँपालिका आर्थिक विकास शाखा प्रमुख जिवराज पौडेल, राजश्व इकाईकी सुनिता बस्नेत, कृषि विकास शाखा प्रमुख सिमा भट्ट, इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी साहायक निरिक्षक शालिकराम पोख्रेल, राप्ती उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष बाबुराम थापा र देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता रहेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे