LISTEN LIVE RADIO

टाेपबहादुर रायमाझीलाई ३ दिन हिरासतमा राख्न अनुमति



काठमाण्डाै १ जेठ ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका नेता टाेपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएकाे छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा गएको वैशाख २० गते पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझी हिजाे आइतवार काठमाण्डाैकाे बूढानीलकण्ठबाट पक्राउ परेका थिए । प्रहरीले आज साेमवार अनुसन्धानका लागि म्याद थप गर्न रायमाझीलाई सरकारी वकिलकाे कार्यालय लगेकाे हाे ।

यो प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १३ पुगेको छ । प्रहरीले यसअघि पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता खाणसहित नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजीत राई, एमाले नेता एवम् पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, गिरोहका नाइके भनिएका केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सागर थुलुङ राई लगायत १२ जनालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे