LISTEN LIVE RADIO

मावि स्तरीय हाजिरीजवाफमा मावि मौरीघाट प्रथम



भालुवाङ १० माघ । राप्ती गाउँपालिका २ लालमटियामा रहेको पब्लिक एजुकेशन एकेडेमीले माघ ७ गते देखि मनाउन सुरू गरेको १५ औँ वार्षिकोत्सवलाई ‘मणिभ उत्सव’ को रुपमा मनाउन सुरु गरेको छ ।

यसै क्रममा मंगलबारले राप्ती गाउँपालिकाको मावि स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । सामुदायिक तथा संस्थागत गरि ७ वटा विद्यालयले भाग लिएको प्रतियोगितामा श्री मावि मौरीघाट प्रथम, सर्वोदय मावि सिसहनियाँ दोस्रो र आदर्श नमुना मावि लालमटियाले तेस्रो स्थान हासिल गरेको छ ।
विजेताहरूलाई माघ १२ गतेका दिने हुने वाषिर्कोत्सवका दिन पुरस्कार वितरण गर्ने विद्यालयका प्रधानाध्यापक विक्रान्त ज्ञवालीले जानकारी दिएका छन् । प्रधानाध्यापक ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक तुलसीराम पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे