LISTEN LIVE RADIO

नागरिक आरोग्य सेवा केन्द्रले विद्यार्थीहरूलाई आयुर्वेद तथा योग शिक्षा दिदै



भालुवाङ १० माघ । दाङ देउखुरीको राप्ती गाउँपालिका २ बराखुट्टीमा रहेको नागरिक आरोग्य सेवा केन्द्रले विद्यार्थीहरूलाई आयुर्वेद तथा योग शिक्षा दिन सुरू गरेको छ ।

यसै क्रममा सेवा केन्द्रले मंगलबार राप्ती गाउँपालिका २ लालमटियामा रहेको आदर्श नमुना माविका विद्यार्थीलाई आयुर्वेद तथा योग शिक्षाका बारेमा जानकारी गराएको छ । सेवा केन्द्रले सो विद्यालयको कक्षा १० मा अध्यनरत विद्यार्थीहरूलाई आयुर्वेद तथा योग शिक्षा दिएको हो । विद्यालयमा आयुर्वेद तथा योग शिक्षा लिन पाउँदा विद्यार्थीहरू समेत खुसी हुनुका साथै उचित ज्ञान लिने अवसर पाएको बताएका छन् ।

नागरिक आरोग्य सेवा केन्द्रले राप्ती गाउँपालिकाको मावि मौरीघाट र आदर्श नमुना मावि लालमटियामा सो कार्यक्रम सञ्चालन गरेको छ । जस अनुसार पहिलो दिन आदर्श नमुना मावि लालमटियामा पुगेर आयुर्वेद तथा योग शिक्षाको बारेमा जानकारी दिइएको बताइएको छ । सेवाग्राहीहरुमा यो उपचार विधिमा आकर्षण बढ्दै गएको र विद्यालयस्तरमा पनि विद्यार्थीलाई जानकारी गराउनका लागि कार्यक्रम सञ्चालन गरिएको छ ।

कार्यक्रममा विद्यार्थीहरुलाई आयुर्वेदको परिचय, महत्व, फाइदा, आयुर्वेद औषधीको बारेमा जानकारी, योग शिक्षा, जडिवुटीबारेमा जानकारी, दिनचर्या र रात्रीचर्या, ऋतुचर्या, आहार शैली र आयुर्वेदीय जीवनशैली तथा जडीबुटीको बारेमा जानकारी गराइएको थियो। आयुर्वेदप्रतिको विश्वास जगाउने र प्रभावकारी बनाउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गर्नुपरेको वरिष्ठ वैद्य सन्तोष भण्डारीले जानकारी दिएका छन् ।

बालबालिका मार्फत् विभिन्न सन्देश तथा अभियान सञ्चालन गर्दा प्रभावकारी हुने भएका कारण पहिला बालबालिकालाई नै आयुर्वेद र योग शिक्षा जरुरी रहेको छ । विद्यार्थी मार्फत घरपरिवारका सदस्यलाई जानकारी गराउन सहज हुने भएको कारण पनि कार्यक्रम उपयोगी डा. आश्मा केसीले बताइन् ।

कार्यक्रममा १ सय भन्दा बढी विद्यार्थीहरूको सहभागीता रहेको थियोे । कार्यक्रममा डा. आश्मा केसीले योग तथा भान्सा, घर वरिपरिका औषधीय जडिबुटी सम्बन्धि जानकारी गराएकी थिइन् भने वरिष्ठ वैद्य सन्तोष भण्डारीले आयुर्वेद स्वास्थ्य तथा जीवनशैलीका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चौधरी (अनुप), देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता, योग प्रशिक्षक ताराप्रसाद चौधरी, नागरिक आरोग्य सेवा केन्द्रकी कार्यालय सहयोगी बालिका केसी पौडेलको उपस्थिति रहेको थियोे भने कार्यक्रमको सहजीकरण सेवा केन्द्रका प्रमुख जुद्वबहादुर चौधरी (कविराज)ले थिए । यसै बीच भोलि माघ ११ गते मावि मौरीघाटमा कार्यक्रम गरिने आयोजकले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे