LISTEN LIVE RADIO

दाङ क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यका उम्मेदवार मेटमणी चाैधरी पदिय दुरुपयोग गर्दै



दाङ क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यका उम्मेदवार मेटमणी चाैधरी पदिय दुरुपयोग गर्दै

देउखुरी १६ कार्तिक । दाङ क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यका उम्मेदवार मेटमणी चाैधरीले पदिय दुरुपयोग गर्दै शहरी विकास मन्त्रालयका कर्मचारीलाई मतदाताकाे घर-घरमा अनुगमनकाे नाममा खटाएको खुलेकाे छ । खरकाे छानाे हटाउने र टिन छानाे लगाउने बहानामा अनुगमनकाे नाममा कर्मचारीलाई राप्ती, गढवा, राजपुर गाउँपालिका र लमही नगरपालिकाका विभिन्न वडामा खटाएको खुलेकाे हाे ।

सरकारी कर्मचारीकाे परिचय-पत्र भिरेर सरकारी सवारीसाधन सहित ती कर्मचारी मतदाताकाे घरमा पुगेकाे बेलामा स्थानीयले फेला पारेका थिए । शहरी विकास मन्त्री मेटमणी चाैधरीकाे निर्देशनमा कर्मचारीहरु अनुगमनकाे बहानामा खटेकाे स्राेतले दावी गरेकाे छ ।`राप्ती-७ अर्नहनपुरमा फेला पार्याैं । सरकारी सवारीसाधन सहित घर-घरमा पुगेर साेधपुछ गरिरहेका छन´स्थानीयले भने-`निर्वाचनलाई प्रभावित गर्नेगरी कर्मचारीकाे दुरुपयोग गरिएकाे स्थानीयले बताएका छन् ।

यता दाङका मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले मन्त्री चाैधरीले खरकाे छानाे हटाउने र टिन छानाे लगाउने बिषयमा मन्त्रालयका कर्मचारी खटाएकाे जानकारी प्राप्त भइसकेकाेले पहिलाे चरणमा त्यस बिषयमा बुझ्ने काम भइरहेकाे जानकारी दिएका छन् । मुख्य निर्वाचन अधिकृत कार्कीले निर्वाचन प्रभावित पार्ने कृयाकलाप भएकाे पुष्टी भएमा कार्वाही प्रकृया अगाडी बढाइने बताए । साथै निर्वाचन आयाेगले जारी गरेकाे आचार संहितामा निर्वाचनलाई प्रभावित हुने खालका गतिविधि गर्न राेक लगाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे