LISTEN LIVE RADIO

वरिष्ठ उपाध्यक्ष गिरी सहित ४ जना रेडियो स्रोता क्लवबाट निश्कासित



वरिष्ठ उपाध्यक्ष गिरी सहित ४ जना रेडियो स्रोता क्लवबाट निश्कासित

भालुवाङ १६ कार्तिक । समावेशी रेडियो राप्ती स्रोता क्लवका वरिष्ठ उपाध्यक्ष नवीन गिरी सहित ४ जना निश्कासित भएका छन् ।

लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती गाउँपालिका—२, लालमटिया स्थित रेडियो राप्ती ९८.४ मेगाहर्ज संग आबद्ध समावेशी रेडियो राप्ती स्रोता क्लब र राप्ती प्रेस मञ्चको संयुक्त सहकार्यमा देउसीभैलो मूल आयोजक समितीको आयोजनामा शुभ दीपावलीको पावन अवसरमा सञ्चालित बाढी पिडित सहयोगार्थ सञ्चारमैत्री देउसीभैलो कार्यक्रममा अभिभावक संस्था रेडियो राप्ती ९८.४ मेगाहर्ज समेतलाई आच पुग्ने गरी तथा स्रोता क्लबको नियमविपरित कृयाकलाप गरेको पाइएकोले स्रोता क्लबका बरिष्ठ उपाध्यक्ष नबिन गिरी, महासचिव बिनोद बेल्बासे, सचिव टिकाराम राउत र लेखा समिती संयोजक संगिता भण्डारीलाई साधारण सदस्य समेत नरहने गरी आजको मिति देखि कार्वाही गरी हटाइएको रेडियो राप्ती तथा राप्ती टेलिभिजनका सहायक स्टेसन म्यानेजर सन्तोषकुमार गुप्ता र समावेशी रेडियो राप्ती स्रोता क्लवका अध्यक्ष लालमणी भुसालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

साथै ती पदाधिकारी तथा सदस्यहरुलाई अन्तिम पटक सफाई दिन रेडियो राप्ती तथा राप्ती टेलिभिजनको कार्यालयमा बोलाउँदा समेत अटेरी गरी बिभिन्न बहाना बनाई उपस्थित समेत नहुने र भित्रभित्रै गुठबन्दी लगायतका कृयाकलाप गरेको पाएकोले कारवाही गरिएको रेडियो राप्ती तथा राप्ती टेलिभिजनका सहायक स्टेसन म्यानेजर सन्तोषकुमार गुप्ताले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे