दाङको देउखुरीमा बोइलर कुखुराको मुल्य बढ्यो



दाङको देउखुरीमा बोइलर कुखुराको मुल्य बढ्यो

ओमप्रकाश गुप्ता, सिसहनियाँ १५ कार्तिक । देउखुरी क्षेत्रमा बोइलर कुखुराको मुल्य कार्तिक १४ गते देखि लागु हुने गरी बढेको छ । देउखुरी कुखुरा पालक समुहका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा बिहीबार सिसहनियाँमा बसेको बैठकले कुखुराको मुल्य बढाएको हो ।

अव तयारी ब्रोइलर प्रती केजी २०० रूपैयाँ र फ्रेस मासु प्रती केजी ३०० रूपैयाँ कायम गरेको छ । यस अघि जिउदो कुखुराको मुल्य १८० थियो भने फ्रेसमासुको मुल्य २६० रुपैयाँ कायम गरेको थियो । देउखुरीमा कुखुरा कम र माग बढी भएकोले मुल्य बढाउनु परेको समुहका अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिएका छन् ।

साथै अध्यक्ष अधिकारीले समितिबाट लागू गरिएको मुल्यमा तयारी जिउँदो ब्रोइलर कुखुरा र फ्रेस मासुको कारोबार गर्न सम्पुर्ण किसान ,मासु ब्यबसायी,लगाएत आमउपभोक्ताहरुमा अनुरोध गरेका छन् । बैठकमा समुहका उपाध्यक्ष खिमा भण्डारी, सचिव पहलमान चौधरी ( अनुप ), कोषाध्यक्ष तथा प्रवक्ता प्रकाश पोख्रेल, सहसचिव जिबराज भट्टराई, सदस्य वसन्त थापा, मधु खड्का, तिलबहादुर डाँगी, बिश्वराज श्रेष्ठ, सुर्यनारायण चौधरी, टेकबहादुर पुन, दुर्गा सार्की र अरुणा केसीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे