LISTEN LIVE RADIO

सामाजिक सञ्जालबाट भाइरल बनेका भेलुबाजेको निधन



सामाजिक सञ्जालबाट भाइरल बनेका भेलुबाजेको निधन

भालुवाङ २० वैशाख । सामाजिक सञ्जाल टिकटकमा सर्वाधिक रुचाइएका प्यूठानका मिन बहादुर बुढामगर भेलुबाजेको निधन भएको छ । प्यूठानको जिल्ला अस्पताल विजुवारमा उपचारका क्रममा आज साँझ ७ः४० बजे निधन भएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमिला खनालले जानकारी दिए ।

प्यूठान नगरपालिका–५ जुम्रिकाँडा निवासी भेलुबाजेलाई उपचारका लागि दिउँसो साढे १ बजे अस्पतालमा ल्याई पु¥याएको थियो । उनी आउँदा ‘स्वासप्रस्वासमा समस्या थियो । रिंगाटा पनि लाग्ने गरेको थियो । अलकोहल (रक्सि) पनि बढी पिएको देखियो । त्यसमा एक्सप्रेसन निमोनिया पनि देखियो । अस्पतालमा आईसियू पनि थिएन । समग्रमा भन्दा निमोनियाकै कारण उनको मृत्यु भयो ।’  डा। खनालले भने । भेलुबाजेकी श्रीमतीको एक वर्षअघि उपचारको क्रममा भारतको नयाँ दिल्लीमा निधन भएको थियो । ठट्यौली पारामा पख्नोस तो पख्नोस तो, हामीले पनि त्यसरी अनुरोध गरेछ्म केरोटो भन्ने थेगो र गोयल नृत्यले टिकटक र युट्युवमा भेलुबाजे निकै लोकप्रिय थिए । उनका यीनै थेगो र नृत्यलाई हजारौले टिकटकमा अभिनय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे