LISTEN LIVE RADIO

लुम्बिनीका मुख्यमन्त्री, मन्त्रीहरु काठमाडौं डेलिगेसन जाँदै, बजेट बनाउन केन्द्र सरकारकै भर



लुम्बिनीका मुख्यमन्त्री, मन्त्रीहरु काठमाडौं डेलिगेसन जाँदै, बजेट बनाउन केन्द्र सरकारकै भर

भालुवाङ ६ बैशाख । लुम्बिनी प्रदेशमा बनेकाे नयाँ सरकारले आगामी आर्थिक बर्षकाे बजेट बनाउन केन्द्रीय सरकारकाे साथ खाेज्न डेलिगेसन जाने भएको छ । बिहिबार बसेकाे लुम्बिनी प्रदेश मन्त्रीपरिषद्काे बैठकले आगामी बर्षकाे बजेटका लागि लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्रीदेखि वर्तमान मुख्यमन्त्री सम्म तथा अर्थमन्त्री र अन्य मन्त्रीहरु सहितकाे टोली संघीय सरकारका प्रधानमन्त्री र अर्थमन्त्री सँग भेटघाट गर्ने र बजेट माग गर्ने निर्णय गरेकाे छ ।

यस्तै बैठकले मुख्यमन्त्री काठमाडौँबाट नफर्किन्जेल सम्मका लागि कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी स्वास्थ्य मन्त्री दिपेन्द्र पुनलाई दिने र विशेष परिस्थिति बाहेक हरेक हप्ताको आइतबार नियमित मन्त्रीपरिषदको बैठक बस्ने निर्णय गरेकाे सरकारका प्रवक्ता तथा स्वास्थ्य मन्त्री दिपेन्द्र पुनले जानकारी दिए । बैठक मुख्यमन्त्री जोखबहादुर महराको अध्यक्षतामा बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे