LISTEN LIVE RADIO

देउखुरीको गढवामा जिल्ला स्तरिय खेलकुद समापन



देउखुरीको गढवामा जिल्ला स्तरिय खेलकुद समापन

शिबराज पन्थी, गढवा १४ पुस ।

देउखुरीको गढवा—१ कालाकाटेमा पुस ७ गतेदेखि सुरु भएको दाङ जिल्ला स्तरिय १२ औं फूटबल प्रतियोगिता एक समारोहका बीच मंगलबार समापन भएको छ । गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव र गाउँपालिकाका प्रबक्ता एवं वडा नं. १ का वडाध्यक्ष बाबुराम अधिकारीले खेलको समापन गरेका हुन् ।

स्वाभिमान युवा क्लब गढवा १ कालाकाटेको आयोजनामा सातदिन अगाडीदेखि सुरु भएको १२ औं जिल्ला स्तरिय फूटबल प्रतियोगितामा जिल्लाका कुल १४ वटा टिमले भाग लिएको आयोजक क्लबका बिर पुन मगरले जानकारी दिए । शसस्त्र प्रहरी बल ५ नम्बर बाहिनी गण (एपिएफ) भालुबाङ र आयोजक एसवाइसी क्लब बिच भएको प्रतियोगितामा एसवाइसी क्लबले १ का बिरुद्ध २ गोलले बिजयी प्राप्त गरेको थियो । बिजयी भएको क्लबले ५६ हजारको पुरस्कार राशी प्राप्त गरेको छ भने दोश्रो हुने प्रतिष्पर्धी टिम शसस्त्र प्रहरी ५ नम्बर गणले २० हजार पुरस्कार प्राप्त गरेको छ ।

प्रतियोगिताका लागि प्रथम पुरस्कार ४० हजार शुभश्री अग्नी सिमेण्ट कालाकाटेले प्रायोजन गरेको थियो भने दोश्रो पुरस्कार शंकरनाथ योगिले २० हजार प्रायोजन गर्नुभएको थियो । यसैगरी पोख्रेल किराना पसलका प्रो.खेमराज पोख्रेलले १५ हजार, स्वर्गद्धारी क्रसर उद्योग मलमलाले १० हजार,शिबराज एग्रीगेट बालुवा प्रशोधन उद्योगले ७ हजार,सफल बालुवा प्रशोधन उद्योगले ७ हजार र सुर्य एग्रीगेट बालुवा प्रशोधन उद्योगले ६ हजार तथा देउखुरी भ्याली क्रसर उद्योगले ५ हजार रुपियाँ प्रायोजन गर्नुृभएको र अन्य प्रयोजकहरु पनि थुप्रै रहेको आयोजकले जनाएको छ ।

 

आयोजक स्वाभीमान युवा क्लबका अध्यक्ष सिरे पुरीको अध्यक्षतामा भएको कार्यक्रममा गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव, वडानं. १ का अध्यक्ष एवं गाउँपालिकाका प्रबक्ता बाबुराम अधिकारी, जिल्ला फूटबल संघ दाङका अध्यक्ष शुसील श्रेष्ठ र एपिएफ २९ नं. गण भालुवाङका गणपति टोपबहादुर खनाल लगायतले खेल मानव स्वास्थ्यका लागि उपयोगी भएको बताउदै यसले मित्रता र सद्भाव बढाउने बताएका थिए । समापन कार्यक्रमको संचालन क्लबका सचिव डम्बर मगरले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे