LISTEN LIVE RADIO

देउखुरीको गढवा स्थीत साना किसानको बार्षिक साधारणसभा



देउखुरीको गढवा स्थीत साना किसानको बार्षिक साधारणसभा

देउखुरी टुडेकर्मी, गढवा १४ पुस ।

देउखुरीको साना किसान कृषि सहकारी संस्था गढवाको बार्षिक साधारणसभा सोमवार एक कार्यक्रमका बिच सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रामस्वरुप बर्माको अध्यक्षता एवम् गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी यादवले सहकारी संस्थाहरुले नाफामुखी काम मात्र नगरेर किसानहरुको पक्षमा सेवामुखी कामहरु पनि गर्नुपर्ने बताए । साना किसान सहकारी संस्थाले आफ्नो कार्यक्षेत्रमा प्रसंसनिय कार्य गर्दै आएको उनले बताए ।

पौस ५ गतेदेखि अन्तर समूह स्तरमा गाउँबस्तिहरुमा बैठक छलफल गर्दै बार्षिक साधारणसभा सम्पन्न गरेको संस्थाका खगेश्वर शर्माले जानकारी दिए । यस सहकारी संस्थाले कुल ४ करोड ३० लाख बराबरको कारोवार गरेको र ५ सय ६३ जना शेयर सदस्यहरु रहेको कार्यक्रममा जानकारी गराइएको थियो । कार्यक्रमको संचालन संस्थाका प्रबन्धक सुष्मा अधिकारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे