LISTEN LIVE RADIO

देउखुरीको लालमटियामा दोश्रो स्व. अभिनेस भुसाल स्मृतिकप फुटबल प्रतियोगिता सुरु



देउखुरीको लालमटियामा दोश्रो स्व. अभिनेस भुसाल स्मृतिकप फुटबल प्रतियोगिता सुरु

भालुवाङ २३ चैत । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ टुडिखेल लालमटियामा दोश्रो स्व. अभिनेस भुसाल स्मृतिकप फुटबल प्रतियोगिता बिहिवार देखि सुरु भएको छ ।युनाईटेड लालमटिया युथ क्लवको आयोजनामा फुटबल प्रतियोगिता सुरु भएको हो । खेलको उद्घाटन स्व. अभिनेस भुसालकी ममतामयी आमा मिना भुसालले गरेकी थिइन् । खेलमा १२ वटा टिमले भाग लिएका छन् । बिहिवार भएको उद्घाटन खेल भालुवाड, फुटबल क्लव र राप्ती फुटबल क्लब नयाँगाउँ बीच भएको प्रतियोगितमा १–१ बराबरी पछि पेनाल्टी सुटआउटमा ४–५ को अन्तरमा राप्ती फुटबल क्लब नयाँगाउँ विजयी भएको छ । त्यस्तै शुक्रवार भएको दोस्रो खेल अन्तरगत कुलपानी फुटबल क्लब र कठाहा फुटबल क्लब बीच भएको खेलमा १–० को अन्तरमा कुलपानी फुटबल क्लब विजयी भएको छ ।त्यस्तै शुक्रवार नै भएको अर्को खेलमा युनाइटेड लालमटिया युथ क्लब बी टिम र धानखोला फुटबल टिम बीचको खेलमा ०–१ को अन्तरमा धानखोला फुटबल टिम विजय भएको छ । क्लवका अध्यक्ष पुर्ण बरालको अध्यक्षता एवम् स्व. अभिनेस भुसालकी ममतामयी आमा मिना भुसालको प्रमुख आतिथ्यता तथा दाजु प्रशान्त भुसालको विशिष्ट आतिथ्यतामा खेल उद्घाटन गरिएको थियो । क्लवका सहसचिव भुवन भट्टराईको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन क्लवका सचिव अनिल पौडेलले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे