LISTEN LIVE RADIO

प्रथम घोराही गोल्डकप फुटबल प्रतियोगिताको उपाधी घोराहीलाई



प्रथम घोराही गोल्डकप फुटबल प्रतियोगिताको उपाधी घोराहीलाई

दाङ १७ चैत । प्रथम घोराही गोल्ड कपको उपाधी घोराही उपमहानगरपालिकाले उचाल्न सफल भएको छ । घोराही उपमहानगरपालिकाको आर्थिक सहयोग तथा घोराही उपमहानगरपालिका नगर खेलकुद विकास समितीको आयोजनामा घोराही उपमहानगरपालिका वडा नं १८ नवलपुर स्थित नवलपुर फुटबल खेलमैदानमा सञ्चालित प्रतियोगितामा  घोराही उपमहानगरपालिका उपाधी उचाल्न सफल भएको हो ।

प्रतियोगितामा दाङका १० पालिका मध्ये ७ वटा पालिकाको टिमले सहभागिता जनाएका थिए । घोराही उपमहानगरपालिकाले चैत १४ गते भएको पहिलो सेमिफाइनलमा बबई गाउँपालिका लाई ५-० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । त्यस्तै लमही  नगरपालिकाले चैत १५ गते भएको दोस्रो सेमिफाइनलमा राप्ती गाउँपालिकालाई ३ का विरुद्ध ४ गोल प्रहार गर्दै फाइनल पुग्न सफल भएको हो । आज दिउँसो ३ बजेबाट संचालन भएको फाइनल खेलको पहिलो हाल्फमा दुबै टिमका खेलाडीले गोल प्रहार गर्ने अथक प्रयास गरेता पनि दुबै टिमले गोल गर्न नसक्दा गोल रहित बराबरी भएको हो भएको हो ।

त्यस्तै फाइनल खेलको दोस्रो हाल्फको ७ औँ मिनेटमा घोराहीका कमल विकको उत्कृष्ट गोल प्रहारमा सुरुवाती १-० गोलको अग्रता लिन सफल रहयो । त्यसपछि  उत्कृष्ट पुनारागमन गरेको लमहीले १९ औँ मिनेटमा मिलन चौधरीले प्रहार गरेको शुट गोलकिपरले रोक्न नसक्दा गोल हुँदै १-१ को बराबरी भएको थियो । त्यस लगत्तै २५ औँ मिनेटमा लमहीका सोम चौधरीले उत्कृष्ट गोल गर्दै टिमलाई २-१ गोल को अग्रता दिलाउन सफल रहे । खेलको ४५ औं मिनेटमा लमहीले आफ्नो अग्रतालाई रोक्न नसक्दा विक्की विकले ठूलो डिबक्स भन्दा बाहिरबाट प्रहार गरेको शट विकास चौधरीले हेडर मार्फत गोल गर्दै २-२को बराबरी गर्दै अग्रतालाई रोक्न सफल रहे ।

त्यसपछि थपिएको ७ मिनेटको इन्ज्युरी समयमा कुनै टिमले गोल नगर्दा खेल पेनाल्टी शुटआउटमा गएको थियो । पेनाल्टी शुटआउटमा घोराहीले लगातार ४ गोल गर्दा लमहीले सुरुवाती २ गोल मात्र गर्न पुग्यो । यो सङ्गै प्रथम घोराही गोल्डकप प्रतियोगिताको उपाधी घोराही उपमहानगरपालिकाले जित्न सफल रह्यो । यो सङै उपबिजेता बनेको लमही नगरपालिका द्वितीय ट्रफि सहित मेडल, प्रमाणपत्र र नगद अस्सी हजार रुपैयाँ पुरस्कार राशी प्राप्त गरे । त्यस्तै विजेता बनेको घोराहीले प्रथम ट्रफीसहित, मेडल प्रमाणपत्र र नगद एक लाख पचास हजार रुपैयाँ प्राप्त गरे ।

त्यस्तै फाइनल खेलको प्लेयर अफ द म्याच बिकेश चौधरी भए । उनले नगद रुपैयाँ पच्चीस सय प्राप्त गरे । ब्यक्तिगत विधातर्फ प्रतियोगिताका सर्वाधिक गोलकर्ता घोराहिका कमल विक भए । उनले ४ गोल प्रहार गरेका थिए । तेस्तै उत्कृष्ट मिडफिल्डर लमहीकाका सुमित चौधरी भए । उत्कृष्ट डिफेन्डर लमहीका सोम चौधरी भए । उत्कृष्ट गोलरक्षक घोराहीका भिम पुन भए । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी घोराहीका दिपेश पुन भए । त्यस्तै प्रतियोगिताका विधागत खेलाडीले प्रमाणपत्र तथा विधागत ट्रफी प्राप्त गरे ।

त्यस्तै समापन समारोहका प्रमुख अतिथि समेत रहेका घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले विश्वब्यापी चर्चित खेल फुटबललाई अझ विकसित दाङ लगायत घोराहीमा खेल र खेलाडीलाई प्रवर्द्धन गर्न प्रतियोगिता आयोजना गरेर लैजान अर्को वर्ष अझ ठूलो राशीको प्रतियोगिता आयोजना गर्ने बताए । त्यस्तै र समापन समारोहका सभापति नगर खेलकुद विकासका संयोजक नरेन्द्र पुनले खेलाडीहरुलाई खेलमा मार्फत जिविकोपार्जन गर्न सकुन र यहाँबाट खेल्ने खेलाडी ले दाङ जिल्ला मात्रै नभई राष्ट्रिय टिम बाट खेल्न सकुन भन्दै आगामी दिनमा केही कमीकमजोरीलाई सुधार्दै अझै राम्रो बनाएर आयोजना गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे