LISTEN LIVE RADIO

देउखुरीकाे नर्ती समन्वय समितिकाे अधिबेशन पुस २४ मा हुने



देउखुरीकाे नर्ती समन्वय समितिकाे अधिबेशन पुस २४ मा हुने

श्रवण बस्नेत, लमही १४ पुस  ।

देउखुरीकाे लमहिमा रहेकाे सामुदायिक बनहरुकाे छाता संगठनकाे रुपमा रहेकाे नर्ति सामुदायिक बन समन्वय समितिकाे १९ साधारणसभा तथा ११ औं अधिबेशन यहि पुषकाे २४ गते हुने भएको छ ।

देउखुरी कै घनि तथा लमहीकाे हाइबेराेडकाे मेन मुटुमा सुसंम्पन्न ठुलाे अाफ्नै भबन रहेकाे र भाडामा दिएकाे सस्था हाे । २०५७ सालमा स्थापना भएको समितिमा देउखुरी भरीका लमही नपा र राप्ती गापामा कुल ५८ वटा सामुदायिक बनहरु अाबद्ध रहेका छन ।

बन समुहकाे हकहित र संरक्षण गर्ने उदेश्यले खाेलिएकाे सस्था हाे । यस्तै लमही ५ मा रहेको लमही खानेपानी तथा सरसफाइ सस्थाकाे साधारणसभा पनि पुषकाे २४ मा हुने भएको छ । झन्डै ४१ सय बढि उपभोक्ताहरु रहेकाे सस्थाकाे बार्षिक साधारणसभा मात्रै रहेकाे बताएको छ । सभा हुने भएपछि तयारी पनि जारी रहेकाे कार्यालय सचिब भगवती चौधरी जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे