LISTEN LIVE RADIO

पेट्रोल, डिजेल र मट्टितेलको मुल्य बढ्यो



पेट्रोल, डिजेल र मट्टितेलको मुल्य बढ्यो

काठमाडौं ५ माघ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटि्टतेलको मूल्य बढाएको छ । आज सोमबार राति १२ बजेबाट लागू हुने गरी प्रतिलिटर दुई रूपैयाँका दरले इन्धनको मूल्य बढाइएको नेपाल आयल निगमले जनाएको छ ।

यो मूल्य बढेसंगै अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ९३ रुपैयाँ पर्नेछ। यस्तै  हवाई इन्धन तथा एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे