LISTEN LIVE RADIO

६ महिनामै जन्मिएका बालक ३ महिना लामो उपचार पछि घर फर्किए



६ महिनामै जन्मिएका बालक ३ महिना लामो उपचार पछि घर फर्किए

तुलसीपुर ५ माघ । दाङको तुलसीपुरमा एक महिलाले गर्भ रहेको ६ महिनामै बच्चा जन्माएकी छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ लुहाडवरा निवासी रेसु रावतले गत कार्तिक १ गते बच्चा जन्मने समय भन्दा ३ महिना अघि नै दोश्रो सन्तानको छोरा जन्माएकी हुन । उनले घोराहीको गोर्खा हस्पिटलमा छोरालाई जन्म दिएकी हुन ।

तर, उनको बच्चाको अवस्था निकै कमजोर भएका कारण तत्कालै तुलसीपुरस्थित तुलसी बाल अस्पतालमा भर्ना गर्न ल्याएको थियो । अस्पतालका सञ्चालक तथा बालरोग बिशेषज्ञ डाक्टर किशोर खत्रीले् बच्चालाई ३ महिनासम्म अस्पतालमै राखेर उपचार गरेर सामान्ने अवस्थामा आएपछि सोमवार बच्चालाई डिस्चार्ज गरिएको जानकारी दिए ।आमालाई थाइराइट रोगको समस्या भएका कारण अगाडी नै बच्चा जन्मिएको डा. खत्रीले पत्रकार सम्मेलनमा बताए ।

जन्मदा ८ सय ग्राम रहेको उक्त बच्चा अहिले २ किलो साढे ४ सय ग्राम रहेको डा. केसीले बताए । सामान्य बच्चाको तौल जन्मदा साढे २ देखि साढे ३ केजी सम्मको हुनुपर्ने हुन्छ । ‘समय अघि नै जन्मने बच्चाहरु विकसित देशहरुमा पनि मृत्युदर बढी हुने गर्दछ’ उनले भने ‘यस्ता खालका बच्चामा संक्रमणको डर बढी हुने हुदाँ हामीले धेरै प्रयास पछि बच्चा बचाउन सफल भएका हौं।’

बच्चालाई प्लेट लेटको आवश्यकता परेको हुदाँ १८ दिन नेपालगञ्ज मेडिकल कलेजमा राखिएको समेत डा. केसीले जानकारी दिए । त्यसपछि पुनः तुलसी बाल अस्पतालमा ल्याएर बच्चा भर्ना गरिएको थियो । अहिले आमा बच्चा दुवैको अवस्था अहिले सामान्य रहेको डा. खत्रीले जानकारी दिए । त्यस्तै डा. खत्रीले पछिल्लो समय अस्पतालमा भाइरल डाइरियाका बिरामीहरु बढेको हुँदा विशेष ध्यान दिन जरुरी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे