LISTEN LIVE RADIO

लालपुर्जा वितरणका लागि तुलसीपुरमा आयोगको कार्यालय उद्घाटन



लालपुर्जा वितरणका लागि तुलसीपुरमा आयोगको कार्यालय उद्घाटन

तुलसीपुर ५ माघ । लालपुर्जा वितरणका लागि तुलसीपुर उपमहागनरपालिकामा भूमि सम्बन्धी समस्या समाधान आयोगको इकाई कार्यालको स्थापना गरिएको छ । कार्यालयको सोमबार एक कार्यक्रमका बिच भुमि सम्बन्धि समस्या समाधान आयोगका केन्द्रीय सदस्य शोभाराम बस्नेतले उद्घाटन गरेका हुन् ।

कार्यालको उद्घाटन गर्दै केन्द्रीय सदस्य बस्नेतले कुनैपनि हालतमा लालपुर्जा वितरणको काम नरोकीने बताएका छन् । यसपटकको आयोग यसअघि गठन भएका आयोग जस्तो नभइ लालपुर्जा वितरण गर्ने आयोग भएको दाबी गरे ।

त्यसैगरी कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले कार्यलय स्थापनसंगै भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरूको वास्तविक लगत संकलन कार्य सुरु गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे