LISTEN LIVE RADIO

दाङमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थामा आवद्व महिलाहरू आत्मनिर्भर बन्दै



दाङमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थामा आवद्व महिलाहरू आत्मनिर्भर बन्दै

भालुवाङ २८ चैत । पछिल्लाे समय दाङमा पनि लघुवित्तमा आवद्व महिलाहरू आर्थिक रूपमा सबल बन्न थालेका छन् । लघुवित्तबाट ऋण लगेर उनीहरू विभिन्न व्यवसाय गरि आत्मनिर्भर बनेका हुन् । दाङको राप्ती गाउँपालिका वडा नम्बर १, भालुवाङमा रहेको आत्मनिर्भर लघुवित्त वित्तीय संस्थामा महिलाहरू समुहमा आवद्व भएर आय-आर्जन गरेर आफ्नो घर व्यवहार सजिलै तरिकाले चलाउन थालेकाे प्रतिक्रिया व्यक्त गरेका छन् ।

लघुवित्तले महिलाहरूलाई घरवार बिहिन बनाइरहेको भन्ने हल्लालाई चिर्दै आत्मनिर्भर लघुवित्तमा आवद्व महिला दिदीबहिनीहरू भने आर्थिक हिसावले सबल बन्न थालेको बताएका छन् । सृजना महिला उत्थान केन्द्र राप्ती गाउँपालिका-३, उत्तर मसुरियाकी सिता चौधरी र जुनकेरी महिला उत्थान केन्द्र राप्ती गाउँपालिका-६, भगवानपुरकी शान्ता चाैधरीले लघुवित्तबाट ऋण लिएर व्यवसाय सुरू गरेका छन् । उनीहरू त्यही व्यवसायबाट आफ्नो घर व्यवहार सजिलै तरिकाले चलाउन पाएकोमा निकै खुसी भएका छन् ।

दाङको सदरमुकाम घोराहीमा केन्द्रीय कार्यालय रहेको आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले लुम्बिनी प्रदेशको बाँके, बर्दिया, दाङ र प्यूठान गरी चार जिल्लामा कुल २१ वटा शाखा सञ्चालन गरेर सेवा प्रवाह गर्दै आईरहेकाे छ । उक्त संस्थामा हाल सम्म करिब ६० हजार महिला दिदीबहिनीहरू मार्फत बचत तथा ऋण कारोबार भइरहेको र संस्थामा करिव २० हजार महिलाहरू कृषि र पशुपालन व्यवसायमा लागेको संस्थाका प्रमुख कार्यकारी अधिकृत सौगातबिर चौधरीले बताए ।

महिलाहरूलाई बचत गर्ने बानीकाे विकास र व्यवसायिक ऋण लगानी गरी महिलाहरूलाई वास्तविक रूपमा व्यवसायिक आत्मनिर्भर बनाउने काम भइरहेकाेले संस्थाकाे उद्देश्य अनुरूप तीब्र गतिमा काम भईरहेकाे अधिकृत चाैधरीले बताए । बैंक तथा अन्य बित्तिय संस्था र सहकारी संस्थाहरू भन्दा सहज, सरल र छिटाे छरिताे व्यवसायिक ऋण प्रबाहका कारण पछिल्लाे समय आत्मनिर्भर लघुबित्त संस्थाप्रति महिलाहरू आकर्षित समेत भएका छन् ।

केन्द्र प्रमुखहरुसंग गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम देउखुरीको भालुवाङमा सम्पन्न

दाङ-देउखुरीको राप्ती गाउँपालिका-१, भालुवाङमा रहेको आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड भालुवाङ शाखा अन्तर्गतको केन्द्र प्रमुखहरू बार्षिक समिक्षा गोष्ठी तथा वित्तीय साक्षरता अभिमूखिकरण कार्यक्रम मंगलबार दाङ-देउखुरीकाे भालुवाङमा सम्पन्न भएको छ । संस्थाका भालुवाङ शाखा प्रमुख दशरथ चाैधरीकाे अध्यक्षता एवम् संस्थाकै प्रमुख कार्यकारी अधिकृत साैगातबिर चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे ।

कार्यक्रममा ४ वटा केन्द्र पुरूस्कृत, ९ वटा उत्कृष्ट केन्द्र सहित ३ जना सफल उद्यमी सम्मानित भएका छन् । यसरी पुरस्कृत हुने केन्द्रहरूमा केन्द्र नम्बर २७ सरस्वती महिला उत्थान केन्द्र, राप्ती गाउँपालिका-३, खुरूरिया प्रथम, केन्द्र नम्बर १३३ विकास महिला उत्थान केन्द्र, सरूमारानी गाउँपालिका-२, गनाहा दाेस्राे, केन्द्र नम्बर ३९ जुनकिरी महिला उत्थान केन्द्र, राप्ती गाउँपालिका-३, मसुरिया तृतीय र केन्द्र नम्बर ८२ प्रकृति महिला उत्थान केन्द्र, गढवा गाउँपालिका-१, जेठानगाउँ सान्त्वना भएका छन् । पुरस्कृत हुने केन्द्रहरूलाई क्रमश : १ हजार ५ सय, १ हजार २ सय, एक हजार र ८ सय नगद र प्रमाण-पत्र सहित पुरस्कृत गरिएकाे थियाे ।

त्यस्तै कार्यक्रममा तीन जना सफल उद्यमी र एक जना उत्कृष्ट बचतकर्ता समेत सम्मानित भएका छन् । यसरी सम्मानित हुनेहरूमा सफल उद्यमी तर्फ केन्द्र नम्बर ९६ चाैतारी महिला उत्थान केन्द्र, गढवा गाउँपालिका-१, टहँडाकी अनिता पाण्डे, केन्द्र नम्बर ३० बिहानी महिला उत्थान केन्द्र, शिबराज नगरपालिका -१, धानखाेला कपिलबस्तुकी शान्ति गिरी, केन्द्र नम्बर १२५ जनजागरण महिला उत्थान केन्द्र, सितगंगा नगरपालिका-७, लामाताल अर्घाखाँचीकी सरिता राउत, केन्द्र नम्बर ५१ जुनकिरी महिला उत्थान केन्द्र, राप्ती गाउँपालिका-६, भगवानपुरकी शान्ताकुमारी चाैधरी र उत्कृष्ट बचतकर्ता केन्द्र नम्बर १९ सगरमाथा महिला उत्थान केन्द्र, राप्ती गाउँपालिका-३, मसुरियाकी कुस्मा चाैधरी सम्मानित हुनु भएकाे छ । उहाँहरूलाई पनि नगद र प्रमाण-पत्र सहित सम्मान गरिएकाे संस्थाका भालुवाङ शाखा प्रमुख दशरथ चाैधरीले जानकारी दिए ।

यस्तै कार्यक्रममा ९ वटा अनुशासित केन्द्रहरूलाई समेत सम्मान गरिएकाे छ । यसरी सम्मानित हुने केन्द्रहरूमा
केन्द्र नम्बर १२ उत्साह महिला उत्थान केन्द्र, राप्ती गाउँपालिका-८, पिपरी, केन्द्र नम्बर १५ मखमली महिला उत्थान केन्द्र, राप्ती गाउँपालिका-८, पिपरी, केन्द्र नम्बर १९ सगरमाथा महिला उत्थान केन्द्र, राप्ती गाउँपालिका-३, मसुरिया, केन्द्र नम्बर ३७ भद्राक्ष्य महिला उत्थान केन्द्र, राप्ती गाउँपालिका-४, मझनीगढ, केन्द्र नम्बर ५२ हिमाल महिला उत्थान केन्द्र, राप्ती गाउँपालिका-६, पथरगढवा, केन्द्र नम्बर २६ फेवाताल महिला उत्थान केन्द्र, गढवा गाउँपालिका-१, जुराैनी, केन्द्र नम्बर ५९ जलजला महिला उत्थान केन्द्र, गढवा गाउँपालिका-१, धाेद्रे, केन्द्र नम्बर २६ फेवाताल महिला उत्थान केन्द्र, गढवा गाउँपालिका-१, जुराैनी, केन्द्र नम्बर ९५ सुनछहरी महिला उत्थान केन्द्र, गढवा गाउँपालिका-१, पत्रिंगा र केन्द्र नम्बर १०२ चाैतारी महिला उत्थान केन्द्र, सितगंगा नगरपालिका-८, तीनखण्डे, अर्घाखाँचीलाई पनि सम्मान गरिएकाे भालुवाङ शाखा प्रमुख चाैधरीले जानकारी गराए ।

संस्थाका फिल्ड सहायक सुनिल विकको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा बाेल्दै कार्यक्रमका प्रमुख अतिथी संस्थाका प्रमुख कार्यकारी अधिकृत सौगातबिर चौधरीले लघुबित्त संस्था महिला दिदीबहिनीहरूका लागि माइती भएकाे बताए । उनले जति बेला दुख पर्दा महिला दिदीबहिनीहरूले माइती सम्झिन्छन् । त्यसैगरी अहिलेकाे अवस्थामा दुखपर्दा लघुबित्तले नै माइतीकाे सहारा दिएकाे बताए । साथै अधिकृत चाैधरीले लुघु वित्तीय संस्थालाई बदनाम गर्ने उद्देश्यले केही झुण्डले आन्दाेलन गरिरहेकाेले त्यस्ता आराजक समूहकाे पछि नलाग्न सचेत समेत गराए । उनले ऋण लिएर नतिर्ने सिष्टम कुनै मूलुकमा नभएकाे बताउँदै यस्ता गलत कृयाकलापकाे पछि नलाग्न सुझाब समेत दिए ।

कार्यक्रममा शंकर मावि पिपरीका प्रधानध्यापक सुवर्णमान चाैधरी, संस्थाका अभिभावक डाेरबहादुर राेकामगर, पत्रकार सन्ताेषकुमार गुप्ता, सफल उद्यमीहरू केन्द्र नम्बर ९६ चाैतारी महिला उत्थान केन्द्र, गढवा गाउँपालिका-१, टहँडाकी अनिता पाण्डे, केन्द्र नम्बर ३० बिहानी महिला उत्थान केन्द्र, शिबराज नगरपालिका -१, धानखाेला कपिलबस्तुकी शान्ती गिरी, केन्द्र नम्बर १२५ जनजागरण महिला उत्थान केन्द्र, सितगंगा नगरपालिका-७, लामाताल अर्घाखाँचीकी सरिता राउत, केन्द्र नम्बर ५१ जुनकिरी महिला उत्थान केन्द्र, राप्ती गाउँपालिका-६, भगवानपुरकी शान्ताकुमारी चाैधरी र उत्कृष्ट बचतकर्ता केन्द्र नम्बर १९ सगरमाथा महिला उत्थान केन्द्र, राप्ती गाउँपालिका-३, मसुरियाकी कुस्मा चाैधरी लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्ञालन संस्थाका मानव संसाधन प्रमुख नेबबहादुर चाैधरीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे