स्थानीय सेवा ऐनमा सातौं तहको स्वास्थ्यकर्मीलाई समेट्न माग



स्थानीय सेवा ऐनमा सातौं तहको स्वास्थ्यकर्मीलाई समेट्न माग

देउखुरी ७ असोज । लुम्बिनी प्रदेश सभाले पास गरेको स्थानीय सेवा ऐनमा सातौं तहमा कार्यरत स्वास्थ्यकर्मीलाई सम्वोधन गर्न छुटेको भन्दै सरकारको ध्यानाकर्षण गराइएको छ । सातौं तहमा कार्यरत स्वस्थ्यकर्मीहरुले मुख्यमन्त्री चेतनारायण आचार्यलाई सोमवार ज्ञापनपत्र बुझाउँदै सातौ तहमा कार्यरत कर्मचारीलाई एक तह बृद्धी गर्ने प्राबधान समेट्न माग राखिएको छ ।

स्थानीय निजामती सेवा ऐनमा कर्मचारी समायोजन ऐन बमोजिम संघीय स्वास्थ्य सेवा बाट स्थानीय तहमा समायोजन भई हाल स्थानीय तहको चौथो, पाँचौं र छैठौं तहमा कार्यरत स्थानीय स्वास्थ्य सेवाका कर्मचारी लाई एक पटकलाई पाँचौं, छैठौं र सातौं तहमा बृद्धि गरिने छ भन्ने उल्लेख छ । तर, सातौ तहमा कार्यरत कर्मचारीलाई एक तह बृद्धि गर्ने व्यवस्था नगरिएको भन्दै मुख्यमन्त्री आचार्यलाई ज्ञापनपत्र बुझाईएको हो ।

समन्यायिक सिद्धान्त पालना बमोजिम हाल सातौं तहमा कार्यरत स्वास्थ्य सेवाका कर्मचारीलाई पनि एक तह बृद्धिगरी आठौं तहमा तह बृद्धि गर्न प्रदेश तथा स्थानीय निजामती सेवा ऐनको उक्त दफाहरु तत्काल संसोधन गरि लागु गर्न माग राखिएको घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख राधा पौडेलले बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे