भारत- नेपाल मैत्रीपूर्ण टि२० सिरिज को उपाधी देउखुरी वारियर्सलाई



भारत- नेपाल मैत्रीपूर्ण टि२० सिरिज को उपाधी देउखुरी वारियर्सलाई

देउखुरी २० जेठ । दाङ-देउखुरीको लमही स्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको नेपाल-भारत मैत्रीपूर्ण टि-२० सिरिजको उपाधी २-१ ले देउखुरी वारियर्सले जितेकाे छ । भारतको आन्द्रा प्रदेश स्थित ग्रेटस्टेप क्रीकेट संघ अफ इन्डियाबाट आएको टोली र नेपालकाे दाङ स्थित देउखुरी वारियर्स बीच शनिबार बिहान भएको मैत्रीपूर्ण खेलको पहिलो म्याचमा वारियर्सले जित्दै सिरिज पक्का गरेको हो ।

शनिबार बिहान ८ बजेबाट भएको सिरिजको दोस्रो खेलमा टस जितेर पहिला ब्याटिङ गरेको भारतीय टिमले ९ दशमलव ५ बल खेल्दै आफ्नो सम्पूर्ण विकेट गुमाएर ४६ रन मै समेटियो । भारतीय टिमका लागि कनुरी साईरामले १९ रन र कोराई मणिकन्तले १० रन बनाए । भारतीय टिमलाई सस्तैमा रोक्न वारियर्सका दिवान पुनले ३ दशमलव ५ ओभरमा १ मेडन राखी ४ रन खर्चेर ८ विकेट लिएका थिए । त्यस्तै तुलबहादुर थापा र राजकुमार कुमालले समान १-१ विकेट लिए ।

जवाफी ४७ रनको लक्ष्य पछ्याएको वारियर्सले उक्त लक्ष्य ९ ओभर पूरा खेल्दै आफ्नो २ विकेट गुमाएर ५० रन बनाउँदै पूरा गर्यो । वारियर्सका लागि किशन भारतीले नटआउट २४ रन र मुनिन्द्र गुप्ताले १३ रन नटआउट बनाए । बलिङमा भारतीय टिमका मनिकन्तले ३ ओभरमा १० रन खर्चेर २ विकेट लिए । यो खेल वारियर्सले ८ विकेटले विजयी भयो । उक्त खेलको म्यान अफ द म्याच वारियर्सका दिवान पुन भए । उनलाई वारियर्सका अध्यक्ष सरोज बस्नेतले म्यान अफ द म्याचको ट्रफी र अम्पायर दुर्गाप्रसाद गुप्ताले ५ विकेट हलको बल प्रदान गरे ।

यस्तै शनिबार दिउँसो ३:३० बजेबाट सुरु भएको सिरिजको अन्तिम औपचारिक खेलमा टस जितेर ब्याटिङ गरेको भारतीय टिमले १८ दशमलव ३ बल खेल्दै आफ्नो सम्पूर्ण विकेट गुमाएर १३४ रन बनायो । उसका लागि नन्दपुरी रामुले ३१ रन, एम द्वारका देशाईले २९ रन र बिछुकरी अभिशेकले १४ रन बनाए । बलिङमा वारियर्सका लागि सुरज खनालले ३ विकेट, अतितराज पाण्डे र रामबरन यादबले २-२ विकेट लिए । त्यस्तै निशान केसी, मुनिन्द्रदास र अख्लेशचन्द गुप्ताले १-१ विकेट लिए ।

जवाफी १३५ रनको लक्ष्य लिएर मैदान प्रवेश गरेको वारियर्स २० ओभर पूरा खेल्दै आफ्नो ९ विकेट गुमाएर मात्र ११७ रन बनायो । वारियर्सका लागि प्रसेस सुनमले ३० रन, मुनिन्द्र दासले २० रन र अख्लेश चन्द गुप्ताले १७ रन बनाए । बलिङमा भारतीय टिमका लागि के सुकुमार शनि र कप्तान शेख वाजिदले २-२विकेट लिए । तेस्तै के मनिकन्त, के साईराम, एम देशाई र साना शिव दिनेशले १-१ विकेट लिए ।

यो सङै यो खेल भारतीय टिमले १७ रनले विजयी हुँदै सान्त्वना जित गर्न सफल भयो । यो खेलका म्यान अफ द म्याच भारतीय टिमका एम देसाई भए । उनलाई वारियर्सका प्रवन्ध निर्देशक रोहितराज बुढाथोकीले ट्रफी प्रदान गरे । यस्तै सिरिजको पहिलो खेल वारियर्सले ७४ रनले जित्न सफल भएको थियो।
यो सङै नेपाल-भारत मैत्रीपूर्ण टि-२० सिरिजको उपाधी २-१ ले देउखुरी वारियर्सले जित्न सफल रह्यो । यो प्रतियोगिताको उत्कृष्ट खेलाडी वारियर्सक मुनिन्द्र् दास भए । यो सङै उपबिजेता टिमले प्रमाण-पत्र र बिजेता टिमले प्रमाण-पत्र र प्रथम ट्रफी प्राप्त गर्याे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे