देउखुरीको पिपरीमा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते



देउखुरीको पिपरीमा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते

सिसहनियाँ २० भदौ । दाङको देउखुरीमा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते भएकी छिन्।

लमही- भालुबाङ सडक खण्डको राप्ती गाउँपालिका वडा नं ८ पिपरीमा बेलुका ६:५० बजेको समयमा माैरीघाट देखि सुन्डवरी जाँदै गरेको रा१ प ७२१० नम्बरको मोटरसाइकलले पैदल हिडिरहेकी बालिका ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट राप्ती गाउँ पालिका-८ बिजाैरी निवासी राजन केसीका छोरी वर्ष ७ कि रितु केसी रहेको इलाका प्रहरी कार्यालय सिसहनियाँले जानकारी दिएको छ ।

बालिकाको गाला, कुम र टाउकोमा चोट लागेको प्रहरीले बताएको छ । घाइते बालिकाको सिसहनियाँ स्वास्थ्य चाैकीमा उपचार भइरहेको छ । ठक्कर दिने मोटरसाइकल र चालकलाई इलाका प्रहरी कार्यालय सिसहनियाँले आफ्नो नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे