सदस्यता शुद्धीकरणको नाममा कृयाशिल पत्रकारहरुलाई हटाएको भन्दै पत्रकार महासंघ घोराहीमा तालाबन्दी



सदस्यता शुद्धीकरणको नाममा कृयाशिल पत्रकारहरुलाई हटाएको भन्दै पत्रकार महासंघ घोराहीमा तालाबन्दी

दाङ २० जेष्ठ । सदस्य शुद्धीकरणको नाममा पत्रकारलाई हटाएको भन्दै पत्रकार महासंघ घोराहीमा तालाबन्दी गरिएकाे छ । प्रेस चाैतारी नेपालका केन्द्रिय सदस्य बिदुर एमसी र प्रगतिशील पत्रकार संघ नेपालका केन्द्रिय सचिवालय सदस्य तथा दाङ जिल्ला अध्यक्ष  महेश रिजालले शनिबार  नेपाल पत्रकार महासंघ दाङ शाखाकाे कार्यालयकाे गेटमा अनिश्चितकालिन तालाबन्दी गरेका हुन् ।

क्रियाशील पत्रकारहरुको सदस्यता नवीकरण तथा नयाँ सदस्यता दिने सवालमा भेद्भावपूर्ण व्यवहार गरिएको प्रगतिशील पत्रकार संघले आरोप लगाएको छ । आस्थाकै आधारमा सदस्यता नवीकरण नगरिएका पत्रकारहरुको सदस्यता नवीकरण गरिनुपर्ने, नयाँ क्रियाशील पत्रकारहरुलाई सदस्यता प्रदान गर्नुपर्ने र स्थानान्तरण गरिएका पत्रकारहरुको प्रस्तावित जिल्लाहरुमा कायम हुनुपर्ने संघले माग गरेको छ ।

यसैबीच पत्रकार एमसी र रिजालले नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश कार्यालयमा समेत अनिश्चितकालिन तालाबन्दी गरेका छन् । प्रेस चाैतारी नेपालका केन्द्रिय सदस्य बिदुर एमसी र प्रगतिशील पत्रकार संघ नेपालका केन्द्रिय सचिवालय सदस्य तथा दाङ जिल्ला अध्यक्ष  महेश रिजालले केही दिन अघि पत्रकार महासंघ लुम्बिनी प्रदेश कार्यालय सातमाराकाे नबनर्मित कार्यालयमा तालाबन्दी गरेका हुन् । महासंघले रिजाल र एमसीकाे सदस्यता खारेज गरेपछि उनीहरु दुबै महासंघप्रति रुष्ट बनेका छन् ।

यता आफूहरुकाे माग सम्बाेधन नभए पत्रकार महासंघ दाङ शाखाकाे कार्यालय अगाडी आमरन अनसन शुरु गर्ने प्रेस चाैतारी नेपालका केन्द्रिय सदस्य बिदुर एमसीले चेतावनी समेत दिएका छन् । उनले आफू अहिले सम्म कुनै लाभकाे पदमा समेत नरहेकाे र लगातार पत्रकािरता मै कृयाशिल रहेकाे अवस्थामा सदस्यता हटाउनु गैर जिम्मेवार कार्य भएकाे भन्दै पत्रकार महासंघ केन्द्रिय समितीप्रति कडा आपत्ति जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे