भारतको मणिपुरमा पूर्वमुख्यमन्त्रीको घरमा रकेट आक्रमणपछि पुनः हिंसा भड्कियो



भारतको मणिपुरमा पूर्वमुख्यमन्त्रीको घरमा रकेट आक्रमणपछि पुनः हिंसा भड्कियो

भारतीय मणिपुर राज्यमा पूर्वमुख्यमन्त्रीको घरमा रकेट आक्रमण भएपछि फेरि हिंसा भड्किएको छ । मणिपुरका पूर्व मुख्यमन्त्री स्वर्गीय मैरेनबाम कोइरेङ सिंहको निवासमा हिजो भएको रकेट आक्रमणमा एक जनाको ज्यान जानुको साथै छ जना घाइते भएका थिए । त्यसपछि आज भएको दुई छुट्टाछुट्टै गोलीकाण्डमा पाँच जनाको ज्यान गएको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् ।

संदिग्ध पहाडी लडाकुले घरमा सुतिरहेका एक वृद्धलाई गोली हानेर हत्या गरेका छन् । वृद्धको हत्यापछि जिरिवाममा कुकी र मैतेई समुदायबीच गोली हानाहान भएको थियो । जसमा चार जनाको ज्यान गएको छ । इम्फालमा रहेको मणिपुर राइफल्सको मुख्यालयमा पनि भीडले आक्रमण गरेको छ ।

जातीय विभाजनका कारण एक वर्ष अघि मणिपुरमा हिन्दू मेइतेई बहुमत र इसाई कुकी समुदायबीच हिंसा शुरु भएको थियो । मेइतेई र कुकी समुदायबीच जमिन र सार्वजनिक रोजगारीका लागि भएको विवादबीच राजनीतिक लाभका लागि स्थानीय नेताले जातीय विभाजन बढाएको आरोप मानव अधिकारवादी समूहले लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे