दाङमा हावाहुरी सहितको पानीले घर भत्किँदा एक वृद्धको मृत्यु



दाङमा हावाहुरी सहितको पानीले घर भत्किँदा एक वृद्धको मृत्यु

दाङ २० जेठ । दाङमा शनिबार बेलुका आएको हावाहुरी सहितको पानीले घर भत्किँदा एक वृद्धको मृत्यु भएको छ।

घर भत्किदाँ तुलसीपुर उपमहानगरपालिका  १२ रजेना बस्ने ७० वर्षीय कुलबहादुर भनिने भगवान केसीको मृत्यु भएको हो।उनको परिवारमा तीनजना रहेका थिए। तर,  हावाहुरीको समयमा घरमा वृद्ध  दम्पती मात्र थिए।

हावाहुरी सहित आएको पानीले घरको एक छेउ भत्किएपछि बाहिर भाग्ने क्रममा च्यापिएर उनको मृत्यु भएको हो। उनकी श्रीमती भने सकुशल रहेको तुलसीपुर १२ का वडा अध्यक्ष खुसीराम चौधरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे