LISTEN LIVE RADIO

नेकपा स्थायी कमिटी बैठक सुरु: अध्यक्ष ओली अनुपस्थित, सुरक्षा व्यवस्था कडा



नेकपा स्थायी कमिटी बैठक सुरु: अध्यक्ष ओली अनुपस्थित, सुरक्षा व्यवस्था कडा

काठमाडौं २१ मंसिर। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा कडा सुरक्षाघेराका बिच सुरू भएको छ।  पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी भएनन । कोभिड- १९ को जोखिम रहेको र राजनीतिक दस्ताबेज पनि तयार नभएको भन्दै उनी नआएका हुन् ।

स्थायी कमिटि बैठकलाई मध्यनजर गरेर पार्टी कार्यालय धुम्बाराही क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीसहितको सुरक्षा टोली नेकपा पार्टी कार्यालय रहेको धुम्बाराही क्षेत्रमा तैनाथ छ। यस्तै सुरक्षाकर्मीले तालिम प्राप्त कुकुर पनि त्यहाँ तैनाथ गरिएको छ । बम डिटेक्टरसहितको सुरक्षा टोलीले गस्ती गरिरहेको छ। अहिले धुम्बाराही क्षेत्रको सुरक्षा व्यवस्था अत्यान्त कडा पारिएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे