सुर्खेतमा अर्काको नाममा परीक्षा दिने एक जना पक्राउ



सुर्खेतमा अर्काको नाममा परीक्षा दिने एक जना पक्राउ

सुर्खेत २१ मङ्सिर । सुर्खेतमा अर्काको नाममा परीक्षा दिने एक जना पक्राउ परेका छन् । जिल्लाको वीरेन्द्रनगर नगरपालिका-७ स्थित लोक सेवा आयोगको कार्यालयमा परिक्षा दिन पुगेका हुम्ला सर्केघाट गाउँपालिका-४ बस्ने २२ वर्षीय राम शाही पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनले शनिबार सोही ठाउँका २३ वर्षीय राम जंग शाहीको नाममा प्राविधिक प्रहरी जवानतर्फको परीक्षा दिएका थिए । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले राम जंग शाहीको नाममा राम शाहीले परीक्षा दिइरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे