सिसहनियाँ स्वास्थ्य चौकीमै बन्यो २० वेडको कोभिड अस्पताल



सिसहनियाँ स्वास्थ्य चौकीमै बन्यो २० वेडको कोभिड अस्पताल

ओमप्रकाश गुप्ता, सिसहनियाँ २१ मंसिर ।

दाङ देउखुरीको सिसहनियाँ स्वास्थ्य चौकीमा २० वेडको कोभिड अस्पताल स्थापना गरिएको छ । देउखुरीको ४ वटा पालिका मिलेर राप्ती प्राविधिक शिक्षालय मौरीघाटमा स्थापना गरेको कोरोना विशेष देउखुरी आइसोलेन सेन्टर शिक्षालयको पूर्वाधार र जग्गा प्रदेश सरकारलाई हस्तान्तरणको प्रकृया सुरु भएपछि आइसोलेसन पालिका तहमा लैजाने निणर्य भए बमोजिम देउखुरीका राप्ती, लमही, गढवा र राजपुर गाउँपालिकाले आ-आफ्नो पालिकामा आइसोलेसन सेन्टर सञ्चालन गर्ने निणर्य यस अघिनै भइसकेको थियो ।

आइसोलेसन सेन्टर बन्द भएपछि राप्ती गाउँपालिकाले वडा नम्बर ५ को सिसहनियाँमा रहेको सिसहनियाँ स्वास्थ्य चौकीको तालिम भवनलाई प्रयोगमा ल्याएर २० वेडको कोभिड अस्पताल स्थापना गरेकोे राप्ती गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिएका छन् । अस्पताल नभएको पालिकाहरुमा नेपाल सरकारले ५ वेडको कोभिड अस्पताल निमाणर् गर्न अनुमती दिए बमोजिम राप्ती गाउँपालिकाले नेपाल सरकारको ५ वेड र गाउँपालिकाबाट १५ वेड गरी २० बेडको अस्पताल तयारी अवस्थामा राखेको स्वास्थ्य शाखा संयोजक राउतले जानकारी दिएका छन् ।

२ तल्ले भवनको माथिल्लो तलामा ६ कोठा र तल्लो तलामा २ कोठा गरी ८ वटा कोठामा २० वेड तयारी अवस्थामा रहेको छ भने ६ वटा शौचालय र ३ वटा बाथरुम समेत रहेको स्वास्थ्य शाखा संयोजक राउतले बताएका छन् । अस्पताललाई सुरक्षित बनाउन वरीपरि टिनको पाताले घेरिएको छ । राप्ती गाउँपालिकामा हाल सम्म १ सय ७ जनामा कोरोना पोजेटिभ देखिएकोमा ९४ जना निको भइसकेका छन् । ३ जनाको मृत्यु भएको छ । भने १० जना अहिले संक्रिय संक्रमित होमआइसोलेसनमा बसेका छन् । आइसोलेसनमा भने अहिले कोही पनि नरहेको स्वास्थ्य शाखा संयोजक राउतले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे