LISTEN LIVE RADIO

साफ यू–१९ च्याम्पियनशिप : नेपाल पाकिस्तानसँग पराजित



साफ यू–१९ च्याम्पियनशिप : नेपाल पाकिस्तानसँग पराजित

काठमाण्डाै ४ असाेज ।  १९ वर्षमुनिकाे (यू–१९) साफ च्याम्पियनशिपमा आयाेजक नेपाल आफ्नाे पहिलाे खेलमा पाकिस्तानसँग पराजित भएकाे छ ।

आज बिहीवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे समूह ‘ए’ काे खेलमा नेपाल पाकिस्तानसँग १–० गाेलले पराजित भयाे । पाकिस्तानका लागि अली जफरले खेलकाे ७६ औँ मिनेटमा गाेल गरे । याे जितसँगै पाकिस्तानले ३ अङ्क जाेडेकाे छ । नेपालले अब शनिवार माल्दिभ्ससँग खेल्ने छ । यसअघि आजै दिउँसाे भएकाे समूह ‘बी’ काे खेलमा भारतले बङ्गलादेशलाई हरायाे । दशरथ रङ्गशालामै भएकाे खेलमा भारतले १–० गाेलले हरायाे ।

याे प्रतियाेगिताकाे समूह ‘ए’ मा नेपाल, पाकिस्तान र माल्दिभ्स छन् । यस्तै समूह ‘बी’ मा भारत, बङ्गलादेश र भुटान छन् । २ वटा समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे