LISTEN LIVE RADIO

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरी र बेलायती राजदूत बीच भेटघाट



लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरी र  बेलायती राजदूत बीच भेटघाट

भालुवाङ ४ असाेज । लुम्बिनी प्रदेशका  मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, बेलायती राजदूत रोब फेन  र बेलायती साहयता निकायको विकास निर्देशक पिपा बर्ड बीच शिष्टाचार भेट भएको छ । बिहीवार मुख्यमन्त्री कार्यालयमा शिष्टाचार भेटघाट भएको हो । 

भेट्का क्रममा  प्रदेशलाई संस्थागत र व्यवस्थित बनाउनका लागि बेलायत सरकारले गर्नसक्ने सहयोग, मुख्यमन्त्री आर्थिक विकास कार्यक्रमलाई प्रभावकारी बनाउन आर्थिक तथा प्राविधिक सहयोग , प्रदेशको दोस्रो आवधिक योजना निर्माण,  संस्कृती, पर्यटन विकास, ऐतिहासिक सम्पदाको संरक्षण तथा प्रबर्द्धन र स्वास्थ्य र शिक्षा,  लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण लगायतका विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे