LISTEN LIVE RADIO

नेम्वाङको राजकीय सम्मान साथ भदाै २८ गते अन्त्येष्टि गरिने, उक्त दिन सार्वजनिक विदा



नेम्वाङको राजकीय सम्मान साथ भदाै २८ गते अन्त्येष्टि गरिने, उक्त दिन सार्वजनिक विदा

काठमाण्डाै २६ भदौ ।  मंगलबार बिहान निधन भएका संविधानसभाका अध्यक्ष एवं एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पर्सि बिहीबार बिहान ११ बजे राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।

एमालेले शोक विज्ञप्ति जारी गर्दै स्वर्गिय नेता नेम्वाङको बिहीबार अन्त्येटि गरिने जानकारी दिएको छ। नेम्वाङका छोरा बुधबार अपरान्ह नेपाल आइपुग्ने भएपछि बिहीबार अन्त्येटि गरिने भएको हो।

विज्ञप्तिमा उनको शव बुधबार १ बजेसम्म पार्टी कार्यालय च्यासलमा राखिने र त्यसपछि पारिवारिक एवम् धार्मिक संस्कारका लागि शव उनको निवास बालुवाटारमा राखिने जनाइएको छ। त्यसपछि राजकीय सम्मानका साथ बिहीबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ। नेम्बाङको अन्त्येष्टी हुने दिन सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे