लुम्बिनी प्रदेश कांग्रेस सचेतक गिरीद्वारा राजीनामा



लुम्बिनी प्रदेश कांग्रेस सचेतक गिरीद्वारा राजीनामा

दाङ ३१ भदौ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सचेतक निमा गिरीले पदबाट राजीनामा दिएकी छिन् । संसदीय दलका नेता डिल्लीबहादुर चौधरी समक्ष गिरीले  सोमबार राजीनामा बुझाएकी हुन् ।

विविध कारणले आगामी दिनहरूमा सचेतकको भूमिका निर्वाचन गर्न असमर्थ रहेकाले राजीनामा दिएको उल्लेख गरेकी छिन् । गिरी २०७९ साल चैत २९ गते सचेतक बनेकी थिइन् । उनले करिब १८ महिना गिरीले सचेतकको जिम्मेवारी निर्वाह गरेकी थिइन्।  गिरीले आइतबार महिला सांसदसहित संसदीय दलका नेता चौधरीलाई भेटेर सरकारमा कांग्रेसबाट एक जना महिला मन्त्री बनाउन आग्रह गरेकी थिइन् ।  पछिल्लो कांग्रेस–एमाले गठबन्धन सरकारमा गिरी पनि मन्त्रीको आकाङ्क्षीका रूपमा रहेकी थिइन् । वर्तमान सरकारमा कांग्रेसबाट दुई जना मन्त्री पठाउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे