लुम्बिनी प्रदेशको बर्षे अधिवेशन मंगलबार राति १२ बजे देखि अन्त्य हुँदै



लुम्बिनी प्रदेशको बर्षे अधिवेशन मंगलबार राति १२ बजे देखि अन्त्य हुँदै

भालुवाङ २६ भदौ । लुम्बिनी प्रदेशको बर्षे अधिवेशन अन्त्य भएको छ । मंगलबार राति १२ बजेदेखि लागु हुने गरि चालु अधिवेशन अन्त्य गरिएको हो । प्रदेश सरकारको सिफारिशमा प्रदेश प्रमुख अमिक शेरचनले चालु अधिवेशन अन्त्य गरेका छन् । प्रदेश प्रमुख कार्यालयका प्रबक्ता धर्मा अर्याल बेलवासेले विज्ञप्ति जारी गरि अधिवेशन अन्त्य भएको जानकारी दिए ।

साथै बैठकले लोक सेवा कार्यालयका लागि भवन उपलब्ध गराउने, वाढी प्रभावित क्षेत्र बर्दियाका बिभिन्न स्थानमा राहात उपलब्ध गराउने, गाडी दुर्घटनामा परेका र बाघको आक्रमणमा मृत्यु भएकाहरुलाई राहत उपलब्ध गराउने निणर्य गरेको सरकारका प्रवक्ता तथा प्रदेश सरकारका गृह मन्त्री सन्तोष कुमार पाण्डेयले बताउनुभयो । साथै बैठकले प्रदेश सरकारका संगठन संरचना र अस्थायी दरबन्दी स्वीकृत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे