स्वर्गीय धनबहादुर गुरुङकाे सम्झनामा श्रद्धाञ्जली सभा



स्वर्गीय धनबहादुर गुरुङकाे सम्झनामा श्रद्धाञ्जली सभा

भालुवाङ २६ भदाै । स्वर्गीय धनबहादुर गुरुङकाे सम्झनामा श्रद्धाञ्जली सभा कार्यक्रम साेमवार सम्पन्न भएकाे छ । नेकपा एमालेका संगठित सदस्य तथा राप्ती गाउँपालिका वडा नम्बर ८ का वडा कमिटी सल्लाहकार स्वर्गीय गुरुङकाे नबौ दिनको दिन नेकपा एमाले ८ नम्बर वडा कमिटिको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको हाे ।

स्वर्गीय गुरुङका जेष्ठ सुपुत्र तिर्थ गुरुङको अध्यक्षता तथा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटिका सदस्य कमरेड जगत प्रसाद पोख्रेलको प्रमुख आतिथ्यतामा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न भएको हो । श्रद्धाञ्जली सभामा बोल्ने वक्ताहरुले  स्वर्गीय गुरुङले समाज रुपान्तरण र संगठन प्रति गरेकाे योगदानलाई उच्च मुल्यांकन गर्नुपर्ने धारणा राखेका थिए । साथै गुरुङकाे निधनले पार्टीलाई अतुलनीय क्षेती पुगेको पनि बताएका थिए । उक्त कार्यक्रममा जगतप्रसाद पोख्रेल, खिमबहादुर केसी लगायतले श्रद्धाञ्जली मन्तव्य राखेका थिए । कार्यक्रमकाे संचालन वडा कमिटी सचिव  इमान सिंह कार्कीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे