LISTEN LIVE RADIO

भालुवाङमा टाटासोमु गाडीमा मोटरसाइकल ठोक्किदा २ जना घाइते



भालुवाङ १ जेठ । दाङको राप्ती गाउँपालिका १ भालुवाङमा टाटासोमु गाडीमा मोटरसाइकल ठोक्किदा २ जना घाइते भएका छन् ।

सोमबार बेलुका साढे ४ बजेको समयमा घोराही देखि रोल्पा जाँदै गरेको लु १ ज ७४८ नम्बरको टाटासोमु गाडीमा पाखापानी देखि भालुवाङ आँपखोली टोल जाँदै गरेको लु १२ प ७४४० मोटरसाइकल भालुवाङ नयाँ बसपार्क नजिक ठोक्किदा मोटरसाइकल चालक सहित २ जना घाइते भएका छन् ।

घाइते हुनेहरूमा मोटरसाइकल चालक भालुवाङ निवासी ४१ वर्षिय खिमबहादुर सार्की र मोटरसाइकलमा सवार सोही ठाउँ निवासी ३५ वर्षिय अशोक परियार रहेका छन् । घाइते मध्ये परियारलाई गहिरो चोट लागेको छ । उनको दाँया खुट्टा, टाउकोमा गहिरो चोट देखिएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।

घाइते परियारलाई राप्ती सेवा पोलिक्लिनीकमा सामान्य उपचार पछि थप उपचारका लागि बुटवल पठाइएको छ । भने मोटरसाइकल चालक सार्कीलाई उपचार पछि र गाडी चालक दुवैलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे