LISTEN LIVE RADIO

मन्त्रालयकाे सभा कक्षमा आपत्कालीन द्वार तत्काल बनाउन गृहमन्त्री लामिछानेकाे निर्देशन



मन्त्रालयकाे सभा कक्षमा आपत्कालीन द्वार तत्काल बनाउन गृहमन्त्री लामिछानेकाे निर्देशन

काठमाण्डाै १८ पुस । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयको सभा कक्षमा आपतकालीन द्वार (इमर्जेन्सी इक्जिट) तत्काल निर्माण गर्न निर्देशन दिएका छन् । सोमवार गृह मन्त्रालयमा बसेको २५ औँ भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकमा बोल्दै उहाँले भूकम्पीय जोखिम न्यूनीकरण आफैँबाट सुरुवात गर्नुपर्ने भन्दै यस्ताे निर्देशन दिएका हुन्।

उपप्रधानमन्त्री लामिछानेले भूकम्पीय जोखिम न्यूनीकरणका लागि भवन निर्माणसम्बन्धी मापदण्ड पालना गराउने काममा कडाइ गर्न पनि पालिकाहरूलाई आग्रह गरे । भवन निर्माणसम्बन्धी मापदण्डको पूर्ण पालना गराउन सके भूकम्पीय जोखिम न्यूनीकरणका लागि धेरै ठूलो योगदान पुर्‍याउन सकिने उनको भनाइ थियो । उपप्रधानमन्त्री लामिछानेले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विद्यालय, कलेज, पार्टी प्यालेस, सभा हलको निर्माणमा ध्यान दिन पनि सचेत गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे