LISTEN LIVE RADIO

अर्घाखाँचीमा दूध लिन गएकी महिलाकाे हत्या, भारतीय नागरिक पक्राउ



अर्घाखाँचीमा दूध लिन गएकी महिलाकाे हत्या, भारतीय नागरिक पक्राउ

अर्घाखाँची १८ पुस । अर्घाखाँँचीको शितगंगा नगरपालिका १० बहखोरकी राधा थापा सधैँ झैँ आइतवार बिहान पनि बिहानै उठेर दूध लिन गइन्। बिहानै उठेर नजिकैको डुम्रीपाटा गाउँमा दूध लिन जाने उनको दैनिकी थियो ।

बहखोरमा होटल व्यवसाय गर्दै आउनुभएकी थापा होटलमा आएका पाहुना तथा ग्राहकलाई चिया खुवाउन भनेर दूध लिन आइतवार बिहान पनि गइन् । तर ६० वर्षीय थापा बिहान ९ बजेसम्म पनि दूध लिएर आएनिन् । दुध लिएर नआएपछि किन ढिला भयो भनेर आफन्तले फोन गरे । दूध लिन जाने ठाउँमा उनी नगएको भन्ने थाहा पाएपछि स्थानीयवासी र आफन्तले खोजी गर्न थाले । खोजी गर्दै जाँदा नजिकैको खोल्सीमा थापा मृत अवस्थामा भेटिइन् ।

स्थानीयवासीले तत्काल प्रहरीलाई खबर गरे । प्रहरी आएर घटना हेर्दा हत्या भएको हुन सक्ने आशङ्का गरेपछि प्रहरी र स्थानीयवासीले हत्याराको खोजी गर्न थाले । खोजी गर्दै  जाँदा थापालाई हत्या गरी भागेका भारतीय नागरिक २३ वर्षीय सुशान्त सिंहलाई प्रहरीले पक्राउ गर्‍याे ।  हत्या गरेर थापाले लगाएका गरगहना लुटेर भाग्दै गरेका भारतीय नागरिक सिंहलाई शितगंगा नगरपालिका ११ को मुन्द्रीबासको जङ्गलबाट प्रहरीले पक्राउ गर्न सफल भएको हो । हत्याराले थापाले कानमा लगाएका मडहरी, घाँटीमा लगाएका सिक्री लगायतका सुनका गरगहना लुटेर लगेका पाइयो ।

पक्राउ परेका सिंहले खोल्सीमा लुकेर बसी हँसिया र ढुङ्गाले हानेर थापाको हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेका छन् । उनलाई जिल्ला अदालत अर्घाखाँचीबाट सात दिनको म्याद थप गरी अनुसन्धान भरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे