LISTEN LIVE RADIO

श्रमिकहरूको गुनासो सुन्न आइतबार एक घण्टा श्रममन्त्री आफैं श्रम कल सेन्टरमा



श्रमिकहरूको गुनासो सुन्न आइतबार एक घण्टा श्रममन्त्री आफैं श्रम कल सेन्टरमा

काठमाडाैँ ५ भदौ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कल सेन्टरमामा आजदेखि प्रत्येक आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीले प्रत्यक्ष श्रमिकहरूको गुनासो सुन्ने भएका छन् ।

श्रममन्त्री शेरबहादुर कुँवरले प्रत्येक आइतबारको विहान १ बजेदेखि १२ बजेसम्म प्रत्यक्षरूपमा स्वदेश विदेशमा रहेका श्रमिकहरुसँग कुरा गरेर उनीहरुको चासो, गुनासो, समस्या र सुझाव सुन्ने र सम्बोधनका लागि निर्देशन दिने तालिका तय गरिएको मन्त्रालयले जनाएको छ ।

नेपाल टेलिकमको टोल फ्रि नम्बर ११४१ र १६६००१५०००५, ल्यान्डलाइन नम्बर ०१५९७०००८ र ह्वाट्सएप, भाइबरमा ९८०१८०००१३ र इमो नम्बर ९८०१३०००३३मा सम्पर्क गर्न सकिने छ । मन्त्री कुँवर काठमाडौं रहेका बेलामा मात्रै तोकिएको समयमा मन्त्रीसँग कुरा गर्न सकिने मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे