LISTEN LIVE RADIO

दुई वर्षदेखि निःशुल्क दर्ता हुँदै आएको साना उद्योगको अव शुल्क लाग्ने



दुई वर्षदेखि निःशुल्क दर्ता हुँदै आएको साना उद्योगको अव शुल्क लाग्ने

दाङ ५ भदौ । दुई वर्षसम्म निःशुल्क रुपमा दर्ता हुँदै आएको साना उद्योग दर्ता अव भने व्यवसायीले शुल्क तिर्नु पर्ने भएको छ । लुम्बिनी प्रदेशमा अब नयाँ दर्ता हुने उद्योगले रकम तिर्नु पर्ने भएको हो । चालु आर्थिक वर्षदेखि नयाँ उद्योग दर्ता गर्दा शुल्क तिर्नु पर्ने भएको हो । प्रदेश सरकारले अघिल्ला २ वर्षमा घरेलु तथा साना उद्योग दर्ता गर्दा नि:शुल्क गरेको थियो । अहिले साना तथा लरेलु उद्योग दर्ता गर्दा ५ हजार १ सय रुपैयाँ तिर्नु पर्ने भएको हो ।

विगतमा निःशुल्क उद्योग दर्ता गर्न पाउने भए पछि उद्यमी बन्न चाहनेहरुलाई सहयोग पुगेको तर सरकारले यस प्रकारको व्यवस्था हटाएपछि नयाँ उद्यमीहरुलाई समस्या भएको व्यवसायमा आउन चाहेका व्यवसायीले वताएका छन् । प्रदेशका १२ वटै जिल्लामा नयाँ उद्योग थपिने साना तथा घरेलु उद्योलय यस प्रकारको सेवा प्राप्त गरेको लुम्बिनी प्रदेश उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयले जनाएको छ । निःशुल्क गरेपछि नयाँ थप हुने साना तथा मझौला उद्योग एक सय रुपैयामा दर्ता गर्न पाएका थिए ।

प्रदेश सरकारलेको निर्णय अनुसार उद्योगमा लाग्ने दस्तुर छुट दिएको कारण एक सय रुपैयामा उद्योग दर्ता हुन पाएका थिए । तर चालु आर्थिक वर्षमा प्रदेश सरकारले नयाँ उद्योग दर्ता गर्दा निःशुल्क नगरेकाले शुल्क लिने गरेको घरेलु तथा साना उद्योग कार्यालय दाङका प्रमुख उमवहादुर वलीले बताए । प्रदेश सरकारले अघिल्ला वर्षमा नि शुल्क गर्न भनेर परिपत्र गरेकाले निःशुल्क गरिएको थियो तर अवदेखि त्यो व्यवस्था हटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे