नागरिकतामा अपमानजनक नाम नराख्न निर्देशन, भएकालाई सच्याउने व्यवस्था मिलाइने



नागरिकतामा अपमानजनक नाम नराख्न निर्देशन, भएकालाई सच्याउने व्यवस्था मिलाइने

काठमाण्डाै २३ साउन । गृह मन्त्रालयले नागरिकता प्रमाणपत्र जारी गर्दा व्यक्तिको नाममा अपमानजनक शब्द प्रयोग नगर्न निर्देशन दिएको छ । गृह मन्त्रालयले आज साेमवार विज्ञप्ति निकालेर अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिको नाम र थर जनिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्न निर्देशन दिएको हो ।

यस्तै मन्त्रालयले यसअघि अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकताको प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरे प्रक्रिया पुर्‍याएर सच्याउने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ । विभिन्न जिल्लामा व्यक्तिको नाममा अपमानजनक शब्द प्रयोग हुँदा समस्या परेको खबरहरू सार्वजनिक भएपछि हिजो आइतवार संसदमा समेत यसबारेमा कुरा उठेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे