नीजि स्रोत शिक्षकहरूद्वारा २ बुदे माग राखी राप्ती गाउँपालिकामा ज्ञापनपत्र पेश



नीजि स्रोत शिक्षकहरूद्वारा २ बुदे माग राखी राप्ती गाउँपालिकामा ज्ञापनपत्र पेश

भालुवाङ २३ साउन । नीजि स्रोत शिक्षकहरूले २ बुदे माग राखी राप्ती गाउँपालिकालाई ज्ञापनपत्र पेश गरेको छ ।

सोमबार गाउँपालिकाको कार्यालय मसुरीया गएर नीजि स्रोत शिक्षक कुमार पुनले गाउँपालिकाकी कार्यवाहक अध्यक्ष कमलापती चाैधरीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

गाउँपालिकाले साउन २१ गते नयाँ युगबोधमा प्रकाशित शिक्षक विज्ञापनमा पुराना कार्यरत नीजि श्रोतका करार शिक्षकहरु विस्थापित हुने विज्ञापन प्रकाशन गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

गाउँपालिका भित्रका विभिन्न विद्यालयहरुमा कैयौं वर्ष देखि अध्यापन गर्दै आएका नीजि श्रोत शिक्षकहरु, वि.व्य.स. शिक्षक छनौट समिति, जिल्ला शिक्षा कार्यालय परिवेक्षक एबम गाउँपालिका शिक्षा शाखा प्रमुख मार्फत लिइएको परिक्षा प्रतिस्पर्धा गरि निजि शिक्षकमा छनौट ज्ञापनपत्रमा उल्लेख छ ।

साथै उनीहरूले कार्यरत नीजि श्रोतका शिक्षकहरुलाई सोही विद्यालयमानै गाउँपालिका शिक्षक अनुदानमा नियुक्त गर्न माग गरेका छन् । भने नीजि श्रोत शिक्षकहरु बाहेक विद्यालयलाई आवश्यक थप शिक्षकको लागि मात्र विज्ञापन खोल्न माग गरेको छ ।

यदि माग पुरा नभए मानव अधिकारको हनन् भएको ठानी न्यायको लागि उचित कानुनी उपचार खोज्न बाध्य हुने ज्ञापनपत्रमा उल्लेख छ । यसै बीच ज्ञापनपत्र बुझ्दै गाउँपालिकाकी कार्यवाहक अध्यक्ष चाैधरीले पालिका अध्यक्ष बिदामा रहेकोले कार्यालयमा आएपछि कार्यपालिका बैठकबाट माग सम्बोधन गर्न पहल गर्ने बताएकी छिन् ।

त्यस्तै शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले गाउँपालिकाले सामुदायिक विद्यालयमा कक्षा १० सम्म निशुल्क शिक्षा सुरू गरेकाले नीजि शिक्षकहरूलाई पालिकाबाटै तलव खुवाउने भएकाले गाउँपालिकाको नयाँ कार्यविधि अनुसार शिक्षक भर्ना खोलिएको बताए ।

त्यसै गरि कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले नीजि शिक्षकहरूमा देखिएको समस्या कार्यपालिका बैठकबाट समाधान गरिनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे