राष्ट्रिय उद्यम विकास सहजकर्ता महासंघ लुम्बिनीकाे अध्यक्षमा हिताङ सर्वसम्मत निर्वाचित



राष्ट्रिय उद्यम विकास सहजकर्ता महासंघ लुम्बिनीकाे अध्यक्षमा हिताङ सर्वसम्मत निर्वाचित

भालुवाङ ४ असोज । राष्ट्रिय उद्यम विकास सहजकर्ता महासंघ नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा बाँकेकी जानकी हिताङ सर्वसम्मत निर्वाचित भएकी छिन् ।

शुक्रवार दाङको राप्ती गाउँपालिकाको सभाहलमा मसुरीयामा भएको दोस्रो साधारणसभा तथा अधिवेशनबाट हिताङकै अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । जस अनुसार उपाध्यक्षमा नवलपरासीका राजेश बढाई, महासचिवमा रोल्पाका ऋषि शर्मा, सचिवमा प्युठानका शुसिला नेपाली र कोषाध्यक्षमा नवलपरासीका नर्बदा हरिजन निर्वाचित भएका छन् ।

त्यसै गरी सदस्यहरुमा बाँकेका सावित्रा रेग्मी, दाङका विनिता चौधरी, रुपन्देहीका सुष्मा बस्याल, गुल्मीका महेन्द्र परियार, रुपन्देहीका अजितसिंह चौधरी, पाल्पाका आशा बराइली रहेका छन् । पदेन सदस्यमा रोल्पाका पुर्ण बहादुर पुन र प्यूठानका शान्ता विक रहेका छन् । निर्वाचन मण्डलका संयोजक राममणी थापा र सदस्यहरु विरेन्द्र सुवेदी, यज्ञ बहादुर डाँगीले सर्वसम्मत निर्वाचन गराएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे