माओवादी केन्द्र राप्तीका अध्यक्ष श्यामेश चौधरीद्धारा प्रदेश सांसदमा उम्मेदवारी दिने घोषणा



माओवादी केन्द्र राप्तीका अध्यक्ष श्यामेश चौधरीद्धारा प्रदेश सांसदमा उम्मेदवारी दिने घोषणा

भालुवाङ २३ साउन । नेकपा माओवादी केन्द्र राप्ती गा.पा. अध्यक्ष श्यामेश चौधरीले प्रदेश सांसदमा उम्मेदवारी दिने गरेका छन् रोल्पा पुगेर चौधरीले आगामी संघ र प्रदेशको निर्वाचनमा दाङ क्षेत्र नं. १ को क बाट उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

जनयुद्धको आधार इलाकाको रुपमा रहेको रोल्पा पुगेर आगामी मइसिर ४ गतेहुने संघ र प्रदेशको चुनाबमा दाङ क्षेत्र न. १ को क बाट गठबन्धनको तर्फबाट आफुले प्रदेश संसदमा उमेदवारी दिने घोषणा गरेका थिए ।

चौधरी २०७४ सालको स्थानीय तहको चुनावमा राप्ती गा.पा.मा अध्यक्ष पदका उम्मेदवार पनि हुन चौधरी संगठन परिचालनका लागि कुशल संगठन कर्ता मानिन्छन् ।

सुरुवाती अवस्थादेखि जनयुद्धमा लागेका चौधरी देश र जनताको पक्षमा अग्रस्थानमा रहेर जनताको काम गर्न तथा प्रदेश राजधानी व्यबस्थापनका लागि आफ्नो उम्मेदवार रहेको बताए । चौधरी प्रदेश सभाको उम्मेद्वारका लागि बलियो दावेदार मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे