काठमाण्डौ महानगरपालिकामा : बालेन्द्रको मत ६० हजार नजिक, सुनिताकाे ६६ हजार नाघ्यो



काठमाण्डौ महानगरपालिकामा : बालेन्द्रको मत ६० हजार नजिक, सुनिताकाे ६६ हजार नाघ्यो

काठमाण्डाै १२ जेठ । काठमाण्डौ महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ‘बालेन’को मत ६० हजार नजिक पुगेको छ । पछिल्लो मत परिणाम अनुसार महानगरको १ लाख ८३ हजार ६ सय ७९ मत गन्दा साहले ५९ हजार १ सय ४९ मत पाएका छन् । यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले ३७ हजार ५ सय ४२ मत पाएकी छिन् । एमालेका उम्मेदवार केशव स्थापितले ३७ हजार २ सय १८ मत ल्याएका छन् ।

यसैबीच, उपमेयरमा भने एमालेकी सुनिता डंगोलले सबैभन्दा धेरै मत पाएकी छिन् । उनलेअहिलेसम्म ६६ हजार ८ सय ७८ मत प्राप्त गरेकी हुन् । एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ३१ मत पाएका छन् ।  मेयरमा बालेन र उपमेयरमा सुनिताले मतगणना गर्न बाँकी मत सङ्ख्या भन्दा धेरैकाे अग्रता लिइरहेकाले दुवैकाे जित सुनिश्चित छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे